बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जसपाका १८ सांसदको हस्ताक्षर

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जसपाका १८ सांसदको हस्ताक्षर

सर्वसम्मत नभए बहुमतको आधारमा अघि बढ्ने

  • शनिबार, बैशाख १८, २०७८
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जसपाका १८ सांसदको हस्ताक्षर

नता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठकका लागि दुईवटा कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा अनुशासनसम्बन्धी कारवाही बारे र दोस्रो नम्बरमा प्रधानमन्त्री केपी शर्मा वलीविरू अविश्वास प्रस्ताव सम्बन्धमा थियो । बैठकमा सहभागी एक कार्यकारिणी समितिका सदस्यले भने, ‘दुईवटै कार्यसूचीमा छलफल भयो र निर्णय पनि भयो । एउटा निर्णय बाहिर आइसकेको छ र अर्को निर्णय पनि आवश्यक परे बाहिर आउँछ ।’ प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिगमनकारी काम गरेको हुनाले बहिर्गमन आवश्यक रहेको र पार्टीमा सर्वसम्मतिले निर्णय हुन नसके भने बहुमतको निर्णयबाट ओलीलाई हटाउने गरी तयारी रहेको उनकाे भनाइ छ ।

वैशाख १४ गते बसेको जसपा नेपालको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठकको माग गरेका थिए । तर कोरोनाको कारण देखाउँदै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक बसाउन मानेका थिएनन् । पदाधिकारी बैठकबाट महन्थ ठाकुर र राजेन्द्र महतो उठेर गइसकेपछि यादवले कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

सो बैठकमा अधिकांश उनकै पक्षका नेताहरुको उपस्थिति थियो भने महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र रमेश यादवको उपस्थिति थियो । ५१ कार्यकारिणी समिति सदस्यमध्ये २६ जनाको उपस्थितिमा ती दुईवटा निर्णयहरु भएको हो । एउटा निर्णय हिजै कार्यान्वयनमा आइसकेको छ भने अर्को निर्णय कार्यान्वयनको अवस्थामा रहेको एक कार्यकारिणी सदस्यले  बताए ।

जसपा नेपालको बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भनि निर्णय गरेको जानकारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि गराइसकेको छ । काँग्रेसले अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढाए जसपा नेपालले पुनः कार्यकारिणी समितिको बैठक बोलाएर सर्वसम्मतिको लागि प्रयास गर्ने सर्वसम्मतिले नभए बहुमतबाट भएको निर्णयका आधारमा हस्ताक्षरको प्रकृया अगाडि बढाउने ती नेताले बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार भएका छन् । उपेन्द्र यादव पक्षका एक नेताले भने, ‘ओलीको प्रतिगामी कदम विरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने वित्तिकै हस्ताक्षर गर्नेछन् ।’ जसपा नेपालमा पूर्वसमाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना उपेन्द्र यादवको पक्षमा रहेको ती नेताले दावी गरेको छ । स्रोतका अनुसार उपेन्द्र यादवले १८ जनासँग हस्ताक्षर गराएर पनि राखिसकेका छन् ।रातोपाटीबाट

चर्चामा

सम्बन्धित समाचार