शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • १ मई जिन्दावाद

१ मई जिन्दावाद

  • शनिबार, बैशाख १८, २०७८
१ मई जिन्दावाद

१३२ वर्ष पुर्ब ८ घन्टा काम ८ घन्टा आराम र ८ घन्टा मनाेरन्जन ,
युगाै युग देखि शाेषक वर्गहरुकाे शाेषणकाे झाँताेमा पिसिएका श्रमजीवी दु:खि
मजदुरहरुकाे गरिमामय माग
दमन जतिजति हुँदै
जाने गर्दछ
त्यहाँ ,
बिस्फाेटक
पनि हुने
गर्दछ
हाे , त्यहि बिस्फोटक हाे
१ मई १८८६
मजदुर वर्गहरुले बिजय प्राप्त
गरेको दिन ,
त्यसैले दश नग्रा खियाउनेहरुकाे निमित्त
१ मई जिन्दावाद ।

१८८६ का दिन अमेरिकी सिकाङगाे लाखौं लाख मजदुरहरुकाे रगतले राताे भएको दिन
हाे , त्यो दिन बिजयकाे
दिन हाे
१८८९ मा महान बिद्वान दार्शनिक कार्ल माक्र्स र एगेल्सले मजुरहरकाे बिजयलाई अन्र्तरास्ट्रिय नक्सा काेरेका र जसले संसार भरि आगाे बाल्दै गयाे
दु:खि गरिब , किसान र
मजदुर वर्गहरुकाे मुक्ति
मार्ग पहिल्यायाे
जनबाद , समाजबाट
र साम्यवाद आफ्नो
बाटो हाे भनेर
चिनाई दियाे ,
तर यहाँ तिनै गरिब , किसान र मजदुरहरुका माैलिक अधिकारहरु खाेसिएका छन
चर्को दमनमा पिसिएका
छन
धर्तीमा अन्याय पुर्ण
शाेषण लादिएकाे छ
उठ !!!
यहि अन्यायकाे
बिरुद्ध
संसारभरका मुटठिभर
पुँजीपति साम्राज्यवादिहरुलाई
एक जुट बनेर ठाेक
संयुक्त आन्दोलनकाे
महान बिकाश र यात्रामा जुट
शाेषक पुँजीपति वर्गहरुलाई
घुडा टेकाउन सक्दछैा
प्रमाण हाे १ मई
त्यसैले दस नग्रा खियाउनेहरुकाे निमित्त
१ मई जिन्दावाद ।

चर्चामा

सम्बन्धित समाचार