शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, ५ हजार ७२७ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, ५ हजार ७२७ संक्रमित थपिए

  • शुक्रबार, बैशाख १७, २०७८
कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, ५ हजार ७२७ संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७२७ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २८९ पुगेको छ। हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार