शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • बडिमालिका
  • पछिल्लो २४ घण्टामा बाजुरामा ६ जनामा कोराना पुष्टी, संक्रमितको सख्या २४ पुग्यो

पछिल्लो २४ घण्टामा बाजुरामा ६ जनामा कोराना पुष्टी, संक्रमितको सख्या २४ पुग्यो

  • शुक्रबार, बैशाख १७, २०७८
पछिल्लो २४ घण्टामा बाजुरामा ६ जनामा कोराना पुष्टी, संक्रमितको सख्या २४ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमीत थपिएका छन । थपिएको संख्या संगै बाजुरामा कोराना संक्रमितको सख्या २४ पुगेको छ । आज ११ जनामा गरिएको एन्टोजन परिक्षणमा ६ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन । आज सम्म ५९ जनाको एन्टोजन परिक्षण गरिएको र जसमा २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख चन्दले बताएका छन । जसमा आज थप भएका मध्य ५ जना संक्रमित बडिमालिका नगरपालिका र १ जना खप्तड छेडेदह गाउँमा थपिएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका बडिमालिका नगरपालिकामा १७ जना संक्रमीत रहेका छन भने बुढिगंगा नगरपालिकामा ३ जना, खप्तड छेडेदह गाउँपालिकामा २ जना र हिमाली गाउँपालिकामा १ संक्रमित रहेका छन स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बाजुरा जिल्लामा ४ ओटा कोरोना अस्पताल रहेका जनाएको छ सोही अस्पतालमा ४५ बेड, २ आइसियू र २ भेन्टीलेटर रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार