आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • आजबाट खाद्य सामग्री पसल विहान र साँझ मात्र खोल्न पाउने

आजबाट खाद्य सामग्री पसल विहान र साँझ मात्र खोल्न पाउने

  • बिहिबार, बैशाख १६, २०७८
आजबाट खाद्य सामग्री पसल विहान र साँझ मात्र खोल्न पाउने

वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ ।

न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न भनिएको छ ।

यस्तै डिपार्टमेन्ट स्टोर विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ । डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० वजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न प्रशासनको आदेश छ ।

चर्चामा

सम्बन्धित समाचार