बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • सहयोगी हातहरुको समुहले बिपन्न बालबालिकालाई शैक्षिक साम्रगी बितरण

सहयोगी हातहरुको समुहले बिपन्न बालबालिकालाई शैक्षिक साम्रगी बितरण

  • बुधबार, बैशाख १५, २०७८
सहयोगी हातहरुको समुहले बिपन्न बालबालिकालाई शैक्षिक साम्रगी बितरण

बाजुरा — सहयोगी हातहरुको समुह साहस नेपाल नामक गैर सरकारी संस्थाले बडिमालिका नगरपालिकाका २४ जना अनाथ टुहुरा तथा बिपन्न बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरेको छ ।
बिगत लामो समय देखी बिभिन्न क्षेत्रमा काम गर्दै आएको साहस नेपालले बडिमालिका नगरपालिका वडा न ८ र ७ का अति बिपन्न अनाथ तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरेको हो ।
बडिमालिका नगरपालिका वडा न ७ को लक्ष्मी माध्यामीक बिद्यालयका ११ जना बालबालिका, बडिमालिका नगरपालिका वडा न ८ को बालमन्दीर प्राबिका ७ जना र मस्टेश्वरी आधारभुत बिद्यालयका ६ जना गरी २४ जना बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरेको साहस नेपाल शिक्षा परियोजनाका परियोजना संयोजक राम बहादुर खत्रीले बताएका छन । बैकल्पीक शिक्षाका लागि गरिव घरपरिवारका बालबालिकाहरुलाई झोला, कापी डटपेन, बिद्यालय पोशाक लगायतका साम्रगी बितरण गरेको परियोजना संयोजक खत्रीले बताएका छन ।
बडिमालिका नगरपालिकाको हलमा एक कार्यक्रमका बिच सो साम्रगीहरु बितरण गरिएको थियो । बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टको प्रमुख आथित्यमा सो साम्रगी हस्तान्तरण गरिएको साहस नेपालले जनाएको छ ।
परियोजना संयोजक राम बहादुर खत्रीले संचालन गरेको शैक्षिक साम्रगी बितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी उप प्रमुख कबिता बिष्टले साहस नेपालले गरेको कामको प्रशंसा समेत गरेकी छन । साहस नेपालले बिगत लामो समय देखी महिला बालबालिका, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा काम गर्दै आएको बताएकी छन । उनले सहयोगी हातहरुको समुह साहस नाम मात्रै नभएरै साहसको काम साहसी भएको बताएकी छन ।
साहस नेपालले बिगत लामो समयदेखी बिभिन्न परियोजना संचालन गर्दै यहाका नागरीकको आर्थिक भौतिक शैक्षिक क्षेत्रमा काम गर्दै आएइको छ ।

चर्चामा

सम्बन्धित समाचार