शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • खुलामंच देखी बडिमालिका जाने सडक ढिला भएको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

खुलामंच देखी बडिमालिका जाने सडक ढिला भएको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

  • मङ्लबार, बैशाख १४, २०७८
खुलामंच देखी बडिमालिका जाने सडक ढिला भएको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीको खुला मंच देखी बडिमालिका जाने सडक निर्माण गर्न ढिलाई भएको भन्दै बडिमालिका नगरपालिका वडा न ८ का स्थानीयले ज्ञापन पत्र बुझाएका छन । सो सडक निर्माणमा ढिलाई हुदा त्यहाँका स्थानीयलाई आवत जावतमा समस्या भएकोले सो सडक निर्माण चाडो गर्नुपर्ने माग सहित नगर प्रमुख पदम बडुवाललाई ज्ञापन पत्र बुझाएका हुन ।
खुलामञ्च बाट बडिमालिका मन्दिर जाने उक्त सडक निर्माण गर्दा त्यहा प्रयोग गरिएका साम्रगीहरु पनी गुणस्तर हिन भएको स्थानीयको भनाइ रहेको छ ।
तत्तकाल सो सडकको काम सुचारु हुन नसके स्थानीय सबै एक जुट भएर सडकको छेउछाउमा राखीएका साम्रगी हटाउने समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
यता नगर प्रमुख बडुवालले भने सो सडकको बिषयमा उठाएको सवाल राम्रो रहेको र के कती कारणले रोकेको हो भन्ने कुरा बुझेर ठेकेदार कम्पनीलाइ तत्काल काम गर्न निर्देशन दिने बताएका छन । यदि ठेकेदार कम्पनीले लापारबाही गरेमा स्थानीयलाई त्यसको बिषयमा आफुलाई जानकारी गराउन समेत अनुरोध गरेका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार