शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका सबै बिद्यालय बन्द गर्ने निर्णय

बडिमालिका नगरपालिका सबै बिद्यालय बन्द गर्ने निर्णय

  • मङ्लबार, बैशाख १४, २०७८
बडिमालिका नगरपालिका सबै बिद्यालय बन्द गर्ने निर्णय

बाजुरा — बिश्व महामारीको रुपमा फैलिएको कोभिट १९ का कारण त्रसित भइरहेको अबस्थामा बडिमालिका नगरपालिकाले पनि सचेत हुन अनुरोध गरेको छ । बडिमालिका नगरपालिका शिक्षा समितिको मंगलबार बिहान बसेको बैठकले नगरपालिका भित्रका सबै बिद्यालय बन्द गर्ने निणर्य गरेको छ ।

नगरपालिका भित्र ज्वरो लगायतका लक्षण सहित बिरामी देखा परेकोले बैशाख १४ गते देखी २५ गते सम्म शैक्षिक संस्थाहरु भौतिक उपस्थितीमा संचालन नगर्ने गरेको नगर कार्यपालिका सदस्य तथा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन ।

शैक्षिक संस्थाहरुले बैकल्पीक माध्यामबाट सिकाई कार्यक्रम संचालन गर्ने र बिद्यालय प्रशासन नियमित स्वास्थ्य मापदण्ड पालना गरि संचालन गर्न निणर् भएको नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन । त्यसै गरी बैशाख २३ गते देखी हुने भनिएको पालिका स्तरिय परिक्षा अर्को ब्यबस्था नभए सम्मका लागि स्थगित गर्ने नगरपालिकाले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार