बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुलगारी परियोजनाको समिक्षा गोष्ठी सम्पन्न

बुलगारी परियोजनाको समिक्षा गोष्ठी सम्पन्न

  • आइतवार, बैशाख १२, २०७८
बुलगारी परियोजनाको समिक्षा गोष्ठी सम्पन्न

बाजुरा — सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पीसविन बाजुराद्धारा संचालीत युवा ससक्तीकरण बुलगारी परियोजनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्य समिति प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा परियोजनाले हाल सम्म गरेका कामहरुको बारेमा जानकारी गराएको छ । पिसवीन बाजुराद्धारा संचालित सेभ द चिल्ड्रनको आर्थिक सहयोगमा जिल्लाका त्रिबेणी नगरपालिका, बुढिगंगा नगरपालिका र बडिमालिका नगरपालिकामा बालबालिका र युवाहरुको जिवन स्थतरमा सुधार ल्याउन परियोजना संचालनमा रहेको सेभ द चिल्ड्रेनका प्रतिनिधी प्रेम पुनले बताए ।
३ ओटा स्थानीय तहमा संचालन भएको सो कार्यक्रम १४ ओटा बिद्यालय १४ युवा क्लव १४ बिद्यालय ब्यबस्थापन समिति र ४ सहकारीसंग समन्वय गरी परियोजना संचालनमा रहेको परियोजना संयोजक धर्म रोकायाले बताए ।
समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल, सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी जिल्ला शिक्षा समन्वय अधिकारी अतिथी रहेका थिए । समन्वय समितिका नासु गौरीकान्त संज्यालले संचालन गरेको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधी परियोजना संचालन भएको क्षेत्रका शिक्षक लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार