शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • कसको मायाले वर्षाको मन भारी ?

कसको मायाले वर्षाको मन भारी ?

  • आइतवार, बैशाख १२, २०७८
कसको मायाले वर्षाको मन भारी ?

नायिका वर्षा सिवाकोटीको सामाजिक संजाल पछिल्लो केही महिनायता प्रेमको भावनाले भरिन थालेको छ । वर्षा सामाजिक संजालमा प्रेमका भावनाहरु पोख्न तल्लिन छिन् ।

चलचित्र ‘ए साथी सुन’को छायांकन सकेपछि वर्षा आफ्नै निजी जीवनमा व्यस्त छिन् । उनै, वर्षाको नाम पछिल्लो समय कलाकार राज कटुवालसँग जोडिएको छ । राज र वर्षा केही महिनायता प्रेममा छन् । प्रेमको कुरा सार्वजनिक रुपमा व्यक्त नगरेपनि वर्षा र राजले तस्वीर भने शेयर गर्ने गरेका छन् ।

वर्षाले राती सारी लगाएको तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्–‘तिम्रो मायाले भयो मेरो मन भारी । लगाइदेउ मलाई तिम्रो नामको रातो सारी’ । वर्षाको यो भनाइले पनि उनी रातो सारी लगाएर कसैको जीवनसाथी बन्न आतुर रहेको वुझ्न सकिन्छ ।

वर्षा र राजले यो बर्ष बिहे गर्ने तयारी गरेको चर्चा समेत चल्ने गरेको छ । तर, वर्षाले रातो सारी लगाउने रहर गरिसक्दा राजले भने कस्तो सुरसार गरेका होलान् कुन्नी ?

चर्चामा

सम्बन्धित समाचार