शनिबार, असार ५, २०७८
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराका धर्मेन्द्र सुनारले भ्वाइस अफ द नेपालको ब्याटल राउन्ड पार (भिडियाे सहित)

बाजुराका धर्मेन्द्र सुनारले भ्वाइस अफ द नेपालको ब्याटल राउन्ड पार (भिडियाे सहित)

  • आइतवार, बैशाख १२, २०७८
बाजुराका धर्मेन्द्र सुनारले भ्वाइस अफ द नेपालको ब्याटल राउन्ड पार (भिडियाे सहित)

बाजुरा–बाजुराको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुनारले भ्वाइस अफ द नेपालकाे ब्याटल राउन्ड पार गरेका छन् । उनि भ्वाइस अफ द नेपालको सिजन ३ का लागि छनोट भएका थिए । शनिवार भएकाे हिमालयन टेलिभिजनमा उनले आफ्नो प्रस्तुति देखाए सँगै उनले ब्याटल राउन्ड पार गरेका हुन्र ।
बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनि छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै भ्वाइस अफ द नेपालको टिम बाजुरामा पुगेर ल्याएको थियो ।
उनको पहिलाे प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनि निकै चर्चामा आएका छन् । धर्मेन्द्र बिगत १२ बर्ष देखि सांगितिक क्षेत्रमा रहेका छन् । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएको वताए । धर्मेन्द्र बडिमालिका खबर सँग भने दुख गरेर भिडियो पठाएको थिए, भ्वाइस अफ द नेपालमा छनोट भएको खुशी ब्यक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार