शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन

  • आइतवार, बैशाख १२, २०७८
कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्याले उनी सिकिस्त थिइन् । उपचारकै क्रममा सिद्धिकीको शनिबार बेलुका करिव ७ बजेतिर निधन भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डेले जानकारी दिए ।

उनको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको थियो । सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद भएकी थिइन् । मुस्लिम महिलाको अधिकारका निम्ती उनी लामो समयदेखी संघर्षरत एक मात्र महिला हुन् । घरभित्रै सिमित रहने मुस्लिम महिलालाई बाहिर निस्केर बोल्न सक्ने बनाउनुमा उनकै योगदान रहेको चर्चा गरिन्छ । सिद्धिकीको मुस्लिम धार्मिक परम्परा अनुसार परिवार र नेपाली सेनाको समन्वयमा अन्त्येष्टी गरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार