बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • एम सी सी सबै भन्दा भार हो देशको लागि,

एम सी सी सबै भन्दा भार हो देशको लागि,

  • बिहिबार, बैशाख ९, २०७८
एम सी सी सबै भन्दा भार हो देशको लागि,

एम सी सी सबै भन्दा भार हो देशको लागि,
यो पनि राष्ट्रघाति सरकार हो देशको लागि।

आफ्नै निजि स्वार्थमा नेताले देश बेच्दैछन,
रण क्षेत्र बनाउँने हथियार हो देशको लागि।

देशका जनताले सुरु देखुन बिरोध गर्दै छन,
गृहयुद्ध जस्तै यो ब्यबहार हो देशको लागि।

भुल्यो त्यो कुनै दिनमा ब्यपारी बनेर आथ्यो,
साच्चै उपनिबेशको औतार हो देशको लागि।

उस्को उदेश्य थ्रेडहोल्डर जस्तैहो भनि बुझौ,
मानचित्रबाट हटौने आधार हो देशको लागि।

भन्छौ यार हाम्रो देशमा कम्युनिष्टको राज छ,
किन बुझ्न सक्दैनौ यो जार हो देशको लागि।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार