बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका पुर्ण खोपयुक्त घोषणा

जगन्नाथ गाउँपालिका पुर्ण खोपयुक्त घोषणा

  • बुधबार, बैशाख ८, २०७८
जगन्नाथ गाउँपालिका पुर्ण खोपयुक्त  घोषणा

उमेश जङ्ग शाही– बाजुरा जिल्लाकाे पाँचौ पुर्ण खोपयुक्त गाउपालिका घोषणा कार्यक्रम जगन्नाथ गाउपालिकाले आज सम्पन्न गरेको छ । जिल्लाको सबै स्थानिय तहहरुमा पुर्णखोपयुक्त पालिका घोषणाको क्रम चलिरहेको अवस्थामा जगन्नाथ गाउपालिकाले पनि समयमै पुर्ण खोपयूक्त गाउपालिका घोषणा गरेको छ ।
कार्यक्रमको  जगन्नाथ गाउँपालिका उपाध्यक्ष एैना गिरिकाे अध्यक्षताामा संचालन गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अथिति वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्णा पन्त विशिष्ट अथिति जुड्डि प्रहरी चौकी प्रमुख प्रहरी नायब निर्णक्षक बिरसिहँ ठगुन्ना, दस सैया अस्पताल जगन्नाथको प्रमुख डा.जस्मिता बलमपाकी लगाएत छ वटै वडाकाअध्यक्ष अतिथि रहेका थिए ।

स्वागत मन्तव्य तथा प्रतिवेदन प्रस्तुत रविन्द्र बहादुर शाहीले गरेका थिए । कार्यक्रम सञ्चालन फूलमाया उपाध्यायले गरेकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए । खोप कार्यक्रम लागू भय यता नेपालको जनसंख्या तिब्र वृद्धिदर घटेको र बालबालिकाहरुअपाङ्ग हुनबाट जोगिएको विभिन्न खालका सरुवारोगबाट हुनसक्ने मृत्युुदर नियन्त्रण भएको जानकारी वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । कोभिड १९ कोरोना रोग नियन्त्रणको लागि कोभिसिल्ड खोप ले कोरनाबाट मृत्यु नहुन सक्ने कुरामा जाेड दिनुपर्ने बताए ।

नियमित खोप 0 देखि १५ महिनाको ५ सय ५७ जना र१६ देखि २३ महिनाको बालबालिका१ सय २२ जनाले पुर्णखोप लगाइसकेको गाउँपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार