बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सुरक्षाकर्मीको भरमा बाजुरामा रक्तदान

सुरक्षाकर्मीको भरमा बाजुरामा रक्तदान

  • बुधबार, बैशाख ८, २०७८
सुरक्षाकर्मीको भरमा बाजुरामा रक्तदान

बाजुरा–जिल्ला अस्पताल बाजुरामा कोही बिरामी भएर रगत चाहीएमा नेपाली सेना नेपाल, शसस्त्र प्रहरी, नेपाल प्रहरी गुहार माग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुदा यस्तो समस्या भएको हो ।
सुरक्षाकर्मीले रगत दिएर बाजुरामा बिरामी बचाउने कुरा नयाँ होइन् । कोही बिरामीलाई रगत आबश्यक परे सुरक्षाकर्मीलाई हारगुहार गर्नुपर्ने रहेको छ । बडिमालिका नगरपालिका ७ बस्ने २५ बर्षिय सिता कुमारी बिकलाई रगत आबश्यक पर्दा पनि सेनाले रगत दिएको थिए । थापाथली ब्यारेक नेपाली सेनामा कार्यरत सिपाइ हिक्मत रोयाकाले एबि पोजेटिभ रगत दिएर ज्यान बचाएका थिए । सिता सुत्केरी भएको २५ दिन भएको थियो, उनलाई रगत आबश्यक परेको थियो ल्याब असिटेन्ट जगत शाहिले वताएका छन् ।
केही समय पहिला पनि बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका थिए । उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा एक हप्तादेखी भर्ना भएकि दमाईलाई ए पोजेटिभ रगतको आबस्यकता परेको र धेरै ठाउँमा खवर गरेको र अन्तीममा नेपाली सेना, नेपाल प्रहरी लाई गुहार मागेर दमाईको ज्यान जोगिएको आफन्त डबल बिकले बताए ।
बाजुरामा सुरक्षाकर्मीले रगत दिएर धेरै सुत्केरी महिला र बिरामीको ज्यान जोगाउदै आएका छन् । रगत आबश्यक परयो भने सेना प्रहरीलाइ खबर गर्ने गरेका छौ, जिल्ला अस्पताल बाजुराले जनाएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ । बलोड बैङ्क नहुँदा रगत आबश्यक परेकालाई रगत नपाउने गरेको रावलले वताए ।
जिल्ला स्वास्थ्य कार्यलयमा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा दिनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको अस्पतालले जनाएको छ । सुत्केरीका लागि रगतको निकै खाचो हुने गरेको छ, रगत दिने खोज्दै बजार र सरकारी कार्यलय धाउने गरेका स्वास्थ्यकर्मीले वताएका छन् । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको पाईएको छ ।
अस्पतालमा बलोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा बलोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार