शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकल र ट्याक्सी ठोक्किँदा बालकको मृत्यु, आमाबुवा घाइते

मोटरसाइकल र ट्याक्सी ठोक्किँदा बालकको मृत्यु, आमाबुवा घाइते

  • बुधबार, बैशाख ८, २०७८
मोटरसाइकल र ट्याक्सी ठोक्किँदा बालकको मृत्यु, आमाबुवा घाइते

दाङमोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा बालकको मृत्यु भएको छ भने आमाबुवा घाइते भएका छन्।

मंगलबार बेलुकी बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा रहेका एक बालकको मृत्यु भएको बालकका आमाबुवा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरीले जनाएको छ । उनका अनुसार दुर्घटनामा बबई गाउँपालिका ६ मोतिपुर ८ वर्षका स्पर्श आचार्यको मृत्यु भएको हो ।

आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार