शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्कियो

कञ्चनपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्कियो

  • मङ्लबार, बैशाख ७, २०७८
कञ्चनपुरमा कार र मोटरसाईकल एकआपसमा ठोक्कियो

कञ्चनपुरमा कार र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरस्थित पुर्वपश्चिम राजमार्गमा मंगलबार कार र मोटरसाईकल एकआपसमा ठोक्ँिकदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनका अनुसार पश्चिमबाट पुर्वतर्फ गइरहेको से ४ प ७३८८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा २१ च १३०५ नम्बरको कार एक आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परि मोटर साईकल चालक बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने बिरबहादुर चौधरी र पछाडी सवार उनकी श्रीमती शान्ति चौधरी घाइते भएको थापाले बताए ।

घाइते दुवै जनालाई उपचारका लागि धनगढी पठाइएको बताए । कार चालक शुक्लाफाँटा नगरपालिका ५ बस्ने दिपकराज भट्ट भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार