शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसीसी लागु भए रणक्षेत्र हुन्छ देश!

एमसीसी लागु भए रणक्षेत्र हुन्छ देश!

  • मङ्लबार, बैशाख ७, २०७८
एमसीसी लागु भए रणक्षेत्र हुन्छ देश!

सुरेशकुमार पान्डे– बिभिन्न पार्टीका झोलेहरुले त्यही गर्छन जो उनको पार्टीले सिकाउँछ,पार्टीले त्यही गर्छ जो उनका नेताले बताउँछ।यो कुरा भन्दा कयौँलाई रीश उठ्ला तर यहि बास्तबिकताहो।कार्याक्रताको आफ्नो बिवेक र बुद्धीले काम गर्न नसक्ने अन्धा र लुला बनाएकाछन।
कम्युनिष्ट नभयपनि आफ्ना कार्याक्रता माथि कम्युनिष्टको आचार सहिन्ता लागु गर्न बाध्य बनाएर कार्याक्रताहरुलाई आफ्ना दाश जस्तै बनाएका हुँन्छन।अनुसाशन र गोपनेताको नाउँमा उनिहरुको मानसिकता समेतलाई कुण्ठित बनाएर राखेका हुन्छन नेताहरुले आफ्ना झोलेहरुलाई।अनि जब झोलेहरुको बहुमत भैसकेपछि अरुको केहि चल्दैन र बिस्तारै बिरोधी बिचारधारालाई पाखालगाउँन उनिहरुले आर्को हथियार अप्नाउँछन त्यो हो पार्टी शुद्धीकर्ण।तर ओलिको खेल अलि निरालो देखिन्छ।
नेपाल कम्युनिष्ट पार्टीले एम सीसी लाई लागु गर्नलाई जब बहुमत पुगेन त्यो दुई तिहाईको संसदलाईनै बिघटन गराए।किन भने एमसीसीलाई लागु गर्ने बाचा कसम खाएकाछन,त्यसको सुपारी पनि लिएकाछन त्यसकारणले त्यो एमसीसीलाई अनिबार्य लागु गर्न ओलि सरकार मरिहत्य गर्दैछन।भारतिय गुप्तचरका सामन्तकुमारको नेपाल भर्मण पछि जुन राजनीतिमा भुईचाल आयो त्यो त्यहि कारण हो।वास्तबमा ओलि सरकारको अगाडि आई परेका दुईवटा समस्याको समाधान गर्नको लागि संसदमा उनलाई बहुमतको खाँचो थियो।त्यसबारेमा छिमेकिले “जस्तोकि बिभिन्न पत्रपत्रीकामा आएकोछ”चार बुदे समझ्दारी गरेर आफ्नो योजनालाई सफल पार्ने प्रयात्नमा थिए।उन्ले संसद बिघटन गरेपछि चुनाव गराउँने र चुनाउमा आफ्नो बहुमत ल्यायर यि दुबै संकट बाट समाधान गर्नसक्किन्थ्यो।जस्को लागि छिमेकीले आस्वासन समेत दियो।
हामिले भन्दै आएकाछौँ संसदलाई बिघटन गर्ने यिनै दुईवटा कारण हुन एउटा एम सीसी आर्को चुच्चे नक्सा।ओलिले जनताको दवाबमा काला पानी लिपुलेख र लिम्पियाधुरा लाई मिसाएर जुन निशानछपमा चुच्चे नक्सा पारित गरे त्यो छिमेकिलाई असहनिय भयो।र त्यो भन्दा पहिले जुन अमेरिकी मिलिनियम चेलैञ्जर को बारेमा सम्झौता भै सकेको थियो।त्यो लागु गर्न अनिवार्य थियो किनभने यो ओलिसरकारको लागि जीवन मरणको प्रश्न बनिसकेकोछ।यो अमेरीकाले ओलिसरकार मात्र होईन बिपक्षका कयौँ नेता र प्रचण्ड समेतको सम्झौतामा सहभागि भयकोले त्यो पारित हुन्छ भन्ने ओलिलाई लागेको थियो र सम्भबत ओलिले यसको बारेमा लागु गर्ने सुपारी पनि लिई सकेकाछन।यदि त्यसो नभयको भय देशमा एमसीसीको बारेमा लगातार बिरोध हुँदै आएकोछ।देशका जनतालाई एमसीसी राष्ट्र घाती देखिन्छ तर ओलिलाई,प्रचण्डलाई,शेरबहादुर लाई,बाबुराम भट्टराई लगायतका लागि त्यो देशको हितमा देखिन्छ।त्यसको मत्लब उनिहरु लाई अंग्रेजी उपनेबेशले किनि सकेकोछ।हाम्रो देश असलङ्गन राष्ट्र भयकोले यो एमसीसी त्यसको आचार सहिँत्ताको पनि खिलाफछ।तरपनि उनिहरुलाई यो अनिबार्य पारित गराउँने मनछ।देशमा लगातार यसको बिरुद्धमा आवाज उठेको मात्र छैन देशका जनता आक्रोशित भयकाछन।त्यो सबै कुरालाई अन देखि गरेर आज ओलिसरकार एम सीसीलाई पारित गराउँन पुरैजोड लगाएकोछ।
यो ठिक उन्ले टनकपुरको शंधि गरेको जस्तै अहिलेको यो एम सीसी सन्धि लाई पनि पारित गराउँन न्वारान देखिको जोड लगाउँदैछन।यस्तो जोड लगाउँनु प्रनेकारण हामिले माथि चर्चा गरि सकेकाछौँ।कास यो अनुमान गलत हुन्थ्यो तर यही मात्र सच्चाई हो।
नाई भने ओलि सरकारलाई किन यो एमसीसी पारित गराउन एति धेरै मरिहत्य गर्नु परेकोछ?नता यो देशको हितमाछ,न जनताको यो एउटा राष्टघाती औजारहो।हाम्रो देश एउटा भुपरिबेशिक देशहो जस्लाई सदैभरी आफुले समान ओसारपसार गर्न तेस्रो देशभयर आउँने वा जाने गरिन्छ।त्यसैमा पनि हाम्रो असलङ्गन राष्ट्र हो एउटा असलङ्गन राष्टको लागि एमसीसी ठुलो घातक हुन्छ।अहिले संघियताले गर्दा देश चलाउँन धेरै कठिन भयकोले बिदेश बाट रिण सहाएतागर्दै काम चलाएको सरकारले अहिले चालिस हजार एउटा नागरिकको टाउकामा रिण छ।भैन भनेर यो संघियतालाई धान्न गारोछ।तरपनि देशमा संघियतालाई खारेज गर्नुको साटो त्यो एमसीसी लाई पारति गराउँन जोड लगाएकाछन।देश र दुनियाका जनताले हाम्रो देशको यो कहालि लाग्दो अबस्था देखेर दङ्गदशै परेकिछन।सरकारलाई भने अरु कुनै अबस्थाले छुन सकेकोछैन मात्र एमसीसीमा उनिहरुको ध्यायन छ।

चर्चामा

सम्बन्धित समाचार