बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • बाजुरामा ड्रम प्रहारबाट खेलाडी घाइते

बाजुरामा ड्रम प्रहारबाट खेलाडी घाइते

  • मङ्लबार, बैशाख ७, २०७८
बाजुरामा ड्रम प्रहारबाट खेलाडी घाइते

बाजुरा– बाजुरामा आइतबारबाट सुरु भएको १२औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएका खेलाडी ड्रम प्रहारबाट हानेर घाइते भएका छन्।

सोमबार बुढीगंगा नगरपालिकाबाट कबड्डी खेलमा सहभागी भएका आकाश बोहरालाई बडीमालिका नगरपालिका–८ मार्तडीका दीलबहादुर थापाले हानेको ड्रम लागेर बोहराको टाउकोमा चोट लागेको खेल प्रशिक्षक भक्तराज जोशीले बताएका छन्।

बडीमालिकाका खेलाडी र बुढीगंगाका खेलाडीबीच भएको कबड्डी खेलमा बडीमालिकाले जितेपछि हात मिलाई रहेको अवस्थामा पछाडीबाट ड्रमले हानेर बोहरालाई घाइते बनाइएको जोशीले बताए। खेलमा खेल प्रशिक्षकको बदमासीसँगै हार बेहोर्दा खेलाडीमाथि नै आक्रमण भएको अर्का प्रशिक्षक हंस बुढथापाले बताएका छन्।

खेलमा खेलाडीहरुले अनुशासित रुपमा खेलेको र उनीहरुले बाहिरबाट गालीगलौज गर्ने, धम्की दिने जस्ता कार्य भइरहेकाले यस्ता कार्य नरोकिएसम्म सहभागी भएका ५ स्थानीय तहका खेल प्रशिक्षकले खेलमा सहभागी नहुने बताएका छन्।

ज्यान मार्ने गरी भएको आक्रमण गर्ने दीलबहादुर थापालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा बुढीगंगा नगरपालिकाले उजुरी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले प्रहरी कार्यालयमा निवेदन आएको र दोषी फरार रहेकाले सुरक्षा परिचालन गरी खोजी कार्य भइरहेको बताए।

चर्चामा

सम्बन्धित समाचार