शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साहित्यिक यात्रा प्रतिभाको शुन्दर पाटो हुँदा,

साहित्यिक यात्रा प्रतिभाको शुन्दर पाटो हुँदा,

  • सोमवार, बैशाख ६, २०७८
साहित्यिक यात्रा प्रतिभाको शुन्दर पाटो हुँदा,

साहित्यिक यात्रा प्रतिभाको शुन्दर पाटो हुँदा,
आ-आफ्ना रचना पोख्ने एकमात्र बाटो हुँदा।

निडर भई लेख्नुहोश मनका भावनाहरु लाई,
त्यो शुन्दर बिरुवा रोप्ने मलिलो यो माटो हुँदा।

रचना समाजलाई बदल्ने हथियारनै हो हजूर,
ल्याउँनु पर्छ प्रगतिशिल रुढिवादी साटो हुँदा।

बदल्न सकेनन पुर्वजहरुले सामन्तवादी रित,
शोशक बाठो र श्रमजीवीहरु धेरै लाटो हुँदा।

हिँडिकै छौँ त्यो कु सँस्कारमै टेकेर हामीहरु,
पुर्वजले सिकाएको त्यही बाटो र घाटो हुँदा।

हामि बलिया भयौ लडाकु भयौँ कामले गर्दा,
भुल्न सकेनौ देशी खान्की मकैको आटो हुँदा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार