मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अध्यक्ष रोकायालाई धनगढी बाट सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगियो

अध्यक्ष रोकायालाई धनगढी बाट सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगियो

  • आइतवार, बैशाख ५, २०७८
अध्यक्ष रोकायालाई धनगढी बाट सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगियो

बाजुरा–गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायालाई धनगढी बाट सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको छ । उनलाई धनगढी बिमानस्थल बाट आइतवार बिहान साढे सात बजे काठमाडौ लगिएको गाउँपालिकाले जनाएको छ ।
रोकायालाई काठमाडौमा रहेको गंगालाल हृदय केन्द्रमा लिने संघिय सासंद लाल बहादुर थापाको स्वकिय सचिब शुरेस रोकायाले बडिमालिका खबरलाइ बताएका छन् । शनिवार साँझ मौसम खराब भएका कारणले हेलिकप्टर नआउने भएपछि गाडि बाट उनलाई धनगढी लगिएको थियो ।
अध्यक्ष रोकायालाई बाटोमा पिसाब रोकिएपछि शिलगढीमा रहेको शैलेश्वरी अस्पतालका डा. दुुर्गा महर्जनले उपचार गरेर धनगढी पठाएको थियो । रोकाया सँग चिकित्स सहित स्वास्थ्यकर्मी टोलि गएको छ ।
गाउँपालिका वडा नम्बर २ तल्दुुगन गाउँमा जनताका समस्या बुुझ्न पुुगेका रोकाया बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएको थियो ।
जिल्ला अस्पताल बाजुराका डा. शेर बहादुर साउदका अनुसार अध्यक्ष रोकायालाई छातिमा समस्या भएको थप उपचारका लागि काठमाडौ लिनुपर्ने भएकाले अस्पतालले रिफर गरेको वताए ।
अध्यक्ष रोकायालाई दुुईदिन देखी बिस्तारै छाति दुखिरहेको थियो, शनिवार खाना खाइसकेपछि उनलाई बढि भएपछि मल्दुुगन बाट बोकेर अस्पताल ल्याएको गाउँपालिकाले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुटुमा समस्या भएको छ, रक्तसञ्चारमा समस्या भइरहेको र मुटुमा समेत समस्या भएको वताएका छन् । अध्यक्ष रोकाया मधुमेह बाटपनि ग्रसित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार