शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • पाथीभराको दर्शनमा गएका एक बालकको मृत्यु

पाथीभराको दर्शनमा गएका एक बालकको मृत्यु

  • आइतवार, बैशाख ५, २०७८
पाथीभराको दर्शनमा गएका एक बालकको मृत्यु

फुङ्लिङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार मृत्यु भएको हो। अभिभावकले आफ्ना बालक (बच्चा)लाई पाथीभरा दर्शनका लागि लिएर गएका थिए।

देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो।

जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि शव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा छ।

चर्चामा

सम्बन्धित समाचार