• होमपेज
  • समाचार
  • बझाङ्गमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

बझाङ्गमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

  • आइतवार, बैशाख ५, २०७८
सेयर गर्नुहोस् :
बझाङ्गमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

बझाङ्ग– बझाङ्गको चैनपुरमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ परेका छन्।

चैनपुरको रिङरोडमा शुक्रबार राती ३ जनाले मादक पदार्थ सेवन गरी एक जनाको मोबाइल खोसेर अभद्र व्यवहार गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूले प्रहरीमाथी समेत हातपात गरेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।

अभद्र व्यवहार गर्नेहरूमा जनपाका अमित कुमार छत्याल, मष्टा गाउँपालिकाका विनोद कठायत, सुर्मा गाउँपालिकाका बबिन बोहरा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार