बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीको सुवाकाधमा अटो दुर्घटना, मष्टेश्वरी प्राबि राप्कका प्रअ गम्भिर घाइते

मार्तडीको सुवाकाधमा अटो दुर्घटना, मष्टेश्वरी प्राबि राप्कका प्रअ गम्भिर घाइते

  • शुक्रबार, बैशाख ३, २०७८
मार्तडीको सुवाकाधमा अटो दुर्घटना, मष्टेश्वरी प्राबि राप्कका प्रअ गम्भिर घाइते

बाजुरा—सदरमुकाम मार्तड बाट राप्क गइरहेको अटो सदरमुकाम मार्तडीको सुवाकाधमा दुर्घटना हुदा ३ जना घाइते भएका छन् भने एकजना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
लु २ च ०२४७ नम्बरको अटो दुर्घटना हुँदा बडिमालिका ७ जिल्ली बस्ने ३८ बर्षका मान बहादुर धामि गम्भिर घाइते भएका छन् । त्यस्तै १८ बर्षिय बिमला कार्की र ११ बर्षका बिक्रम कार्की सामान्य घाइते भएका छन् । गम्भिर घाइते मान बहादुरको टाउको र खुुट्टामा गम्भिर चोट लागेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मान बहादुर मष्टेश्वरी प्राबि राप्कका प्रधानाध्यापक हुन् ।
अटोमा चालक सहित चार जना सवार रहेका थिए । अटो चालक खेमराज पाध्याय प्रहरी नियन्त्रणमा रहेका छन् । चालकको अनुमति लाईसेन्स नरहेको पाईएको छ । गम्भिर घाइते शिक्षक मान बहादुर धामिलाई जिल्ला अस्पताल बाजुरा थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार