बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुरक्षित खानेपानी मुक्त समुदाय घोषण समन्धी ३ दिने अभिमुखीकरण

सुरक्षित खानेपानी मुक्त समुदाय घोषण समन्धी ३ दिने अभिमुखीकरण

  • सोमवार, चैत्र ३०, २०७७
सुरक्षित खानेपानी मुक्त समुदाय घोषण समन्धी ३ दिने अभिमुखीकरण

रामबहादुर वि.क — सुरक्षित खानेपानी मुक्त समुदाय घोषण समन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सदरमुकाम मार्तडीमा आज बाट सूरु भएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितीको सभाहलमा संचालन भईरहेको छ ।
सो कार्यक्रमको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्घाटन गरेका हुन । बडिमालिका नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल वास बाजुराको आर्थिक सहयोगमा सुरक्षित खानेपानी मुक्त समुदाय घोषण समन्धी कार्यक्रमको आयोजना गरिएको हो ।
एक घर एक धार भन्ने मुल उदेस्यका खानेपानी मुक्त समुदाय घोषण गर्न नगरपालिका भित्र रहेका सवै समुदायहरुमा खानेपानीलाई प्रभावकारी बनाई उक्त पानीलाई सुरक्षित कसरी वनाउने भन्ने विषयमा छलफल गरीने भएको छ ।
पहिलो पटक बडिमालिका नगरपालिका वडा नं ७ बाट सो कार्यक्रमको सूरुवात गरेको बडिमालिका नगरपालिकाका लेखापाल एवम् तालिमका प्रशिक्षक मनिराम खत्रीले बताउनु भएको छ । आज बाट सूरु भएको अभिमुखीकरण कार्यक्रममा वडा नं ७ का २५ जनालाई सुरक्षित खानेपानी मुतm समुदाय घोषण समन्धी छलफल गरी प्रशिक्षण गरिरहेको प्रशिक्षक खत्रीले बताए ।
बडिमालिका नगरपालिकामा एन वासमा समावेश भएका खानेपानी योजनाहरुलाई सुरक्षित खोपानी समुदाय घोषणका लागी पहल गरिने भएको छ । २०७७ चैत्र २७ गते बसेको कार्यपालिकाको वैठकले सुरक्षित खानेपानी मुक्त समुदाय घोषण पत्र पनी पारित गरिएको युनिसेफ नेपाल वास बाजुराका संयोजक एवम् इन्जियर राजेन्द्र जैशीले बताए ।
सो घोषण पत्र पारित युनिसेफको पहलमा गरिएको उहाँले बताउनु भयो । कार्यक्रमको प्रशिक्षण बडिमालिका नगरपालिकाका लेखापाल मनीराम खत्री , युनिसेफ नेपाल वास बाजुराका संयोजक राजेन्द्र जैशी र बडिमालिका नगरपालिकाका सव इन्जियर गोरख थापाले गरेका छन । नगर प्रमुख पदम बडुवालले उद्घाटन गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महांसघका सदस्य राम बहादुर विक लगाएतको सहभागिता रहेको थियो । तालिम भने तिन दिन सम्म चल्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार