शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको सल्लेना सामुदायीक बनमा लागेको आगोले ७ घर जलेर नष्ट

बाजुराको सल्लेना सामुदायीक बनमा लागेको आगोले ७ घर जलेर नष्ट

  • शनिबार, चैत्र २८, २०७७
बाजुराको सल्लेना सामुदायीक बनमा लागेको आगोले  ७ घर जलेर नष्ट

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ घागर नजिकै सल्लेना सामुदायिक बनमा  लागेको आगोले जलेर ६ छाना र १ घर जलेर नष्ट भएका छन । अज्ञात समुहले सामुदायीक बनमा लगाएको आगोले स्थानीयका छना सहित घर जलेर नष्ट भएका हुन ।
बडिमालिका नगरपालिका २ घागर नजिकै लागेको आग्लागीबाट लाखौँको क्षेती भएको स्थानीयले बताएका छन । सामुदायीक बनमा लागेको आगोले बाजुराको बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना सामुदायिक वन, वडा नं २ को भेलालमाण्डौं सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वनमा लागेको आगोले ६ वटा घरछाना जलेर नष्ट भएको स्थानीयले जनाएका छन । जसमा मासे कार्की-१ छाना, हंश कार्की-१छाना,मनरुप कार्की १ छाना र १ घर जलेर नष्ट भएका छन । त्यसै गरी लालसिंह कार्की-१ छाना, करे कार्की -१ छाना लाल बहादुर कार्की -१ छाना गरि ७ वटा घरछाना जलेर पूणर्रूपमा नष्ट भएका स्थानीय लाल बहादुर कार्कीले बताएका छन ।
सदरमुकाम मार्तडी नजिकैका ४ वटा सामुदायिक वनमा एकैपटक आगलागि हुँदा पनी जिल्ला बन डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय भने मुखदर्सक बनेको स्थानीयले आरोप लगाएका छन । सामुदायीक बन उपभोक्ता समितिको लापरबाही र सम्बन्धीत निकायको मौनताले जिल्लाका धेरै बनहरु डढेलो लागेर सखाप भएको नागरिक अगुवाहरुको भनाई रहेको छ ।

May be an image of fire and outdoors
बाजुराको बडिमालिका नगरपालिका २ घागरमा रहेको भेरालमाण्डौं सामुदायिकमा भिषण आगलागि भएको छ त्यो संगै वडा नं १ मा रहेको सल्लेना सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वन र बडिमालिका नगरपालिका ९ को जननौटी सामुदािक बन पूणर्रूपमा जलेर सखाप हुदा समेत स्थानीय प्रशासन र बन कार्यालय मौनरुपमा बसेका छन । अहिलेसम्म एउटा घर पूणर् रूपमा जलिसकेको छ । तर सम्बन्धित निकाय भने मौन अवस्थामा रहेको देखियो स्थानीयले बताए ।
हिउँदे समय लागेसंगै बाजुराका अधिकांस सामुदायिक वन क्षेत्रमा आगलागी बढ्न थालेका छन् । सदरमुकाम मार्तडी नजिकै पर्ने घाँगरमा रहेको भेरालमाण्डौँ, सल्लेना, र चौराटी सामुदायिक वनमा एक्कासी सुरु भएको भिषण आगलागी अझै केहि स्थानहरुमा नियन्त्रण आउन सकेको छैन् ।

May be an image of fire and outdoors
सामुदायिक वन क्षेत्रमा फैलिएको आगलागीका कारण सल्ल्का रुखलगायत अन्य रुखहरु तथा बोटविरुवा जलेर खरानी भएका छन् । आगलागी कसले लगायो पहिचान भइनसकेको बताईएको छ । बाजुराका अधिकांस सामुदायिक वन क्षेत्रहरु आगलागीले सखाप हुन थालेपनि डिभिजन वन कार्यालय बाजुराले चासो देखाएको छैन् ।
वन क्षेत्र संरक्षणको मुख्य निकाय भएपनि डिभिजन वनको भूमिका प्रभावकारी नभएको जिल्लाका सरोकारवाल निकायले बताएका छन् । हरियो घाँसको लोभले वर्षेनि वन क्षेत्रमा लगाएको आगलागीले प्रत्येक वर्ष वन मासिदै आएको छ । जसका कारण जनावर र पशुपक्षीहरु लोप हुदै गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार