बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

  • शुक्रबार, चैत्र २७, २०७७
आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

वि.सं.२०७७ साल चैत्र २७ गते । शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– त्रयोदशी,५८ घडी १५ पला,रातको ०५ बजेर ०६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–शतभिषा,०१ घडी २० पला,बिहान ०६ बजेर २० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शुक्ल,२२ घडी २६ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त ब्रम्ह । करण–गर,बेलुकी ०४ बजेर ४८ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ०६ मिनेट उप्रान्त भद्रा आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २४ मिनेट । दिनमान ३१ घडी ३२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानी फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । तरपनि धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यायालयबाट हुने व्यावसायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समयसँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरूबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगती गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाढिन सक्छन् । तरपनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी

चर्चामा

सम्बन्धित समाचार