शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

  • बिहिबार, चैत्र २६, २०७७
बझाङ्गमा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणीको प्रयास गर्ने युवकविरूद्ध मुद्दा दर्ता

बझाङ्गः बझाङ्गमा विवाहको प्रलोभन देखाएर बलात्कारको प्रयास गर्ने युवकविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङ्गमा मुद्दा दर्ता गरिएको छ।

केदारस्यु गाउँपालिका २ का १८ वर्षीय युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।

किशोरीलाई विवाहको प्रलोभन देखाएर मामाको घरमा लगेर २ पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कार्यालयमा बुधबार मुद्दा दर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङ्गले भने जबरजस्ती गर्न खोज्ने युवक फरार रहेको बताउँदै उनको खोजी र घट्ना अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार