बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • बम विस्फोटमा परी एक सैनिकको मृत्यु

बम विस्फोटमा परी एक सैनिकको मृत्यु

  • सोमवार, चैत्र २३, २०७७
बम विस्फोटमा परी एक सैनिकको मृत्यु

काबुल, सिन्ह्वा — अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ ।

सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ ।

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार