शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • सोमवार, चैत्र २३, २०७७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२३ चैत, काठमाडौं– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१५ का बरुण ढकाल पक्राउ परेका छन् ।

उनलाई काठमाडौंको पेप्सीकोलाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

बरुण ढकालले मिति २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएका सीआईबीकी प्रवक्ता गंगा पन्तले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) अनुसार क्रमश: दिन कैद र ५६ लाख १५ हजार जरिवाना तथा २ दिन कैद र ५ लाख ४० हजार जरिवाना गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार