बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जगन्नाथमा राष्ट्रपति रनिङ्ग शिल्ड सरस्वती मा.विको दबदबा

जगन्नाथमा राष्ट्रपति रनिङ्ग शिल्ड सरस्वती मा.विको दबदबा

  • सोमवार, चैत्र २३, २०७७
जगन्नाथमा राष्ट्रपति रनिङ्ग शिल्ड सरस्वती मा.विको दबदबा

बाजुरा — राष्ट्रका लागि खेल,स्वास्थ्यका लागि खेल” भन्ने मुल नाराका साथ चैत्र १८ गते बाट जगन्नाथ गाँउपालिकाको केन्द्र जड्डीमा संचालन भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले उद्घाटन गरेका थए । जगन्नाथ गाउँपालिका भित्रका पाँच वटा विद्यालय सरस्वति मा.वि.ढाडाकोट,वालविकास आधारभुत विद्यालय तल्लो हुनी,महादेव आधारभुत विद्यालय मनिकाँडा,कैलास मा.वि.महती र देवलकोट मा.वि.गोत्री सहभागी भएका थिए । खेलमा विद्यालयका शिक्षक, खेलाडी,कर्मचारी,अभिभावक,सुरक्षाकर्मी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

रनिङ्ग शिल्डमा पन्ध्र खेलमा एक सय बयालिस जना जना छात्रा/छात्र सहभागी सहभागी भएका थिए । खेललाई व्यवस्थित रुपमा खेलाउनका लागि भलिवल तर्फ मुख्य रेफ्रीमा जय बहादुर साँउद,कुबेर बम,राजेन्द्र प्रशाद जोशी र बिरेन्द्र राज गिरी फिल्ड ट्रयाकमा पवन कुमार रोकाया,कवडीमा विवेक राज गिरी,रुप बहादुर खड्का र कोपिला सिंहलाई जिम्वेवारी तोकिएको थियो ।
चार दिन सम्म संचालन भएको रनिङ्ग शिल्डमा पन्ध्र वटा खेलमा सरस्वती मा.वि.ढाडाकोटले ३०५ अंक प्राप्त गरेर प्रथम स्थान,कैलास मा.वि.महतिले २४४ अंक प्राप्त गरेर दितिय स्थान र २३१ अंक प्राप्त गरेर तृतिय स्थान हाँसिल गर्न सफल भएकोछ । २०७७ चैत्र २१ गते समापन कार्यक्रममा गाँउपालिका अध्यक्ष,वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले खेलाडीहरुलाई पुरुस्कार,पदक,प्रमाण-पत्र र ट्रफी हस्तान्तरण गर्नु भएको थियो । प्रथम स्थान हाँसिल गर्ने विद्यालय सरस्वती मा.वि.लाई ट्रफी,प्रमाण-पत्र र नगद रु १०,०००। दितिय स्थान हाँसिल गर्ने कैलास मा.वि.महतीले प्रमाण-पत्र र रु ६०००।

र तेस्त्रो स्थान हाँसिल गर्ने देवलकोट मा.वि.ले प्रमाण-पत्र र रु ४०००। प्राप्त गरेकोछ । २०७५ सालमा संचालन भएको पहिलो रनिङ्ग शिल्ड पनि सरस्वति मा.वि.ले जितेको थियो । वडा नं २,का वडा सचिव निर्मला ओझाले संचालन गर्नु भएको समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे वालवालिकाको समग्र विकासका लागि खेलक्षेत्रले महत्वपुर्ण भुमिका खेल्ने भएकोले विद्यालयमा निरन्तरता दिनु पर्ने बताउनु भयो ।गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले खेलकुद व्यवस्थापनका लागि मा.वि.लाई रु २०,०००। र नि.मा.वि.लाई रु १०,०००। विनियोजन गरिएकोछ । वालवालिकाको खेलक्षेत्रको विकासका लागि गाँउपालिकाले आवश्यक बजेटको बढोत्तरी गर्दै जाने बताए ।

तपशिल
१. सटफुट –
छात्रा – प्रथम – रेजिना भण्डारी – कैलाश मा.वि.महती
छात्र – प्रथम – गोकुल बुढा – देवलकोट मा.वि.गोत्री

२. ज्यावलिङ्ग थ्य्रो –
छात्रा – प्रथम – सुनिता भण्डारी – कैलास मा.वि.महती
छात्र – प्रथम – शुनिल सिंह – महादेव आ.वि.मनिकाँडा
३. हाइजम –
छात्रा – प्रथम – निर्मला बुढा – देवलकोट मा.वि. गोत्री
छात्र – प्रथम – बिषम बोगटी – सरस्वती मा.वि.ढाडाकोट
४. लमजम –
छात्रा – प्रथम – प्रेमकला रोकाया – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – मिम ल्वार – सरस्वती मा.वि.ढाडाकोट
५. ट्रिपलजम –
छात्रा – प्रथम – नानी बिष्ट – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – गणेश सार्की – सरस्वती मा.वि.ढाडाकोट
६. १०० मिटर दौड
छात्रा – प्रथम – रमना बुढा – देवलकोट मा.वि.गोत्री
छात्र – प्रथम – हेमराज गिरी – सरस्वती मा.वि.ढाडाकोट
७. २०० मिटर दौड –
छात्रा – प्रथम – अस्मिता ल्वार – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम -मिम ल्वार – सरस्वती मा.वि.ढाडाकोट
८. ४०० मिटर दौड
छात्रा – प्रथम – प्रेमकला रोकाया – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – कमल बुढा – देवलकोट मा.वि.गोत्री
९. ८०० मिटर दौड –
छात्रा – प्रथम – प्रेमकला रोकाया – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – हेमराज गिरी – सरस्वती मा.वि.ढाडाकोट
१०. १५०० मिटर दौड –
छात्रा – प्रथम – कमला शाह – कैलास मा.वि.महती
छात्र – प्रथम – रबिन्द्र भण्डारी – कैलास मा.वि.महती
११. ३००० मिटर दौड –
छात्रा – प्रथम – रबिन्द्र भण्डारी – कैलास मा.वि.महती
छात्र – प्रथम – शैलजा बुढा – देवलकोट मा.वि. महती
१२. १०० * ४ रिले दौड –
छात्रा – प्रथम – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – सरस्वती मा.वि.ढाडाकोट
१३. ४०० * ४ रिले दौड –
छात्रा – प्रथम – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – देवलकोट मा.वि.गोत्री
१४. कवडी –
छात्रा – प्रथम – देवलकोट मा.वि.गोत्री, दितिय – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – सरस्वती मा.वि.ढाडाकोट , दितिय – कैलास मा.वि. महती
१५. भलिवल –
छात्रा – प्रथम – कैलास मा.वि महती , दितिय – सरस्वती मा.वि.ढाडाकोट
छात्र – प्रथम – सरस्वती मा.वि.ढाडाकोट , दितिय – देवलकोट मा.वि.गोत्री

चर्चामा

सम्बन्धित समाचार