शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • २५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

  • आइतवार, चैत्र २२, २०७७
२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

२२ चैत, काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु विनिता उप्रेती लगायतको टोलीले प्रत्यारोपण गरेका हुन् ।

उनीहरुलाई भारतको म्याक्स अस्पतालबाट आएका डा शलिन अग्रवालसहितको विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा ज्ञवालीले जानकारी दिए । कोरोना महामारीपछि केन्द्रमा भएको यो पहिलो प्रत्यारोपण हो भने समग्रमा छैटौं ।

यससँगै नेपालका तीनवटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ । केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा एक गरी १२ जनामा प्रत्यारोपण भएको हो ।

चर्चामा

सम्बन्धित समाचार