शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ७ मा एकै दिन २ उद्योगको उद्धघाटन

बडिमालिका नगरपालिका ७ मा एकै दिन २ उद्योगको उद्धघाटन

  • शुक्रबार, चैत्र २०, २०७७
बडिमालिका नगरपालिका ७ मा एकै दिन २ उद्योगको उद्धघाटन

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा एकै दिन २ ओटा उद्योगको उद्धघाटन गरिएको छ । बडिमालिका ७ को ढम्कनेमा आलु चिप्स बनाउने उद्योग र रजातोलीमा ढुङा काट्ने मेशीनको एकै बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र नेकपा एमालेका नेता गगन रावलले सयुक्त रुपमा दुबै उद्योगको उद्धघाटन गरेका हुन ।
गाउँमा भएका ब्यरोजगार युवाहरुलाई रोजगार बनाउने उदेस्यका साथ गाउँमै रोजगारी सिर्जना गर्न वडा अध्यक्षको समन्वय तथा कृषि ज्ञान केन्द्र बाजुरा र घरेलु तथा साना उद्योग बिकास समिति र प्रदेश सरकारको सहयोगमा उद्योग संचालनमा आएको बडिमालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

No description available.
उद्योग उद्धघाटनमा गएका नगर प्रमुख बडुवाल र नेकपा एमाले नेता गगन रावलले अब गाउँ ठाउँ र नगरको बिकाशमा युवाहरुको भुमिका महत्वपुणर् हुने हुदा सबैले उद्योगी बन्नुपर्ने बताएका छन । दुबै जनाको एकै बोलीमा अब नगर समृद्ध बनाउन उद्यमी नभएर बिकाश नहुने बताए ।

No description available.
अन्य कुनै बिषयमा राजनीती गरीएला तर अब नगर र जिल्लाको बिकाशमा राजनिती नह्ुने गरी बिकाशमा हाम्रो एकै जुट भएर जाने दुबै जनाले प्रतिबद्धता समेत गरेका छन । बिकाशका कार्यहरुमा नगरपालिकाबाट हुने सहयोग आफु गर्ने र प्रदेशबाट हुने सहयोगका लागि नेता रावलले समन्वयात्मक भुमिका निर्बाह गर्ने बताएका छन ।

No description available.
बिकाशका नाममा कुराजनिती नगरेर बिकाशका लागि एमाले काग्रेश एक जुट भएर जाने बताएका छन । एक औपचारीक कार्यक्रमका बिच दुबै उद्योगहरुको उद्धघाटन गरिएको थियो । आलु चिप्स बनाउने उद्योगको ढम्कने आलु बल्कका अध्यक्ष नरबहादुर रोकायाको अध्यक्ष्तामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए भने बिशिष्ठ अतिथि नेकपा एमालेका नेता गगन रावल रहेका थिए भने अतिथिहरुमा घरेलु तथा साना उद्योग बिकास समितिका कार्यालय प्रमुख मान बहादुर चाँड र बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।  कार्यक्रमको संचालन राम बहादुर धामीले गरेका थिए ।
त्यसै गरी ढुङा काट्ने मेशीनको उद्धघाटन पनी मेयर बडुवाल र नेकपा नेता रावलले सयुक्त रुपमा गरेका थिए सो कार्यक्रमको संचालन ज्ञानोदय माबिका शिक्षक प्रेमलाल पाध्यायले गरेका थिए । दुबै उद्याेगी हरूलाइ मेयर बडुवाल र नेता रावलले  दिर्घकालिन याेजना बनाएर अगि बढ्न निर्देशन दिएका छन ।

आलु चिप्स बनाउने उद्योग करिव ४ लाख भन्दा बढि लागतमा संचालन गरीएकाे छ भने ढुङा काट्ने मेशिनमा १२ लाख लागतमा संचालनमा ल्याइएकाे बताएका छ ।

चर्चामा

सम्बन्धित समाचार