शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • विश्व किर्तिमान कायम गरेका जाङबु शेर्पा सत्रौँ पटक सगरमाथा आरोहण गर्दै

विश्व किर्तिमान कायम गरेका जाङबु शेर्पा सत्रौँ पटक सगरमाथा आरोहण गर्दै

  • बिहिबार, चैत्र १९, २०७७
विश्व किर्तिमान कायम गरेका जाङबु शेर्पा सत्रौँ पटक सगरमाथा आरोहण गर्दै

काठमाडौं– ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले १६ औँ पटक सगरमाथा आरोहण गर्न सफल जाङ्ग्बु शेर्पा १७ औँ पटक सगरमाथा आरोहण गर्ने भएका छन् । उहाँलाइ ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले १६  औँ पटक सगरमाथा आरोहण गर्न सफल जाङ्ग्बु शेर्पालाई १७ औँ पटक सगरमाथा आरोहण को लागि बिदाइ गरेको छ ।

कार्यक्रममा आरोही जाङ्ग्बु शेर्पालाई सफलताको शुभकामना दिँदै टानका अध्यक्ष खुम बहादुर सुबेदीले कोरोनाको कारण ठप्प भएको हिमाल आरोहण यात्रा पुन सञ्चालनमा आएको सन्देश दिन जाङ्ग्बु शेर्पाको यो कदमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सगरमाथा चढ्नु आफैमा एउटा जटिल काम भएको तैपनि थोरै मात्र हरेस नखाई १६ पटक सगरमाथा आरोहण गरिसकेर १७ औँ पटक त्यही यात्राको लागि निस्कनु आफैँमा सम्मानयोग्य कदम भएको सुबेदीले बताउनुभयो। साथै सगरमाथाको शिखरमा पुगेर सम्पूर्ण ट्रेकिङ कम्पनीहरूको प्रतिनिधित्व गर्दै टानको झन्डा फहराईदिनुहुन उहाँले अनुरोध समेत गर्नुभयो।

त्यसै गरी कार्यक्रममा बोल्दै टानकि महासचिव सरिता लामाले जाङ्ग्बुलाई बिदा गर्दा खुसी र दुख दुवै अनुभव भएको बताउनुभयो। २००३ देखि २०१९ सम्म १६ पटक सगरमाथा आरोहण गरिसक्नु भएको अनुभवी हुनुहुन्छ तर जति नै अनुभवी भए पनि १७ पटकको यात्रा गर्दा परिस्थिति उही सामना गर्नुपर्ने हुँदा सहज र सजक बनेर जान आग्रह गर्नुभयो।

२००६ मा ४.४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड राख्नुभएको जाङ्ग्बुलाई कुनै नयाँ गर्ने सोचमा हुनुहुन्छ भने देशको आचारसंहिता भित्र बसेर मात्रै गर्न र रिक्स लिन अनुरोध गर्नुभयो।

टानको सचिवालयमा भएको यस विदाई कार्यक्रममा टानका पदाधिकारीहरू अध्यक्ष खुमबहादुर सुबेदी, महासचिव सरिता लामा, कोषाध्यक्ष रितु ग्याम्जन, सदस्य निमा डिकी शेर्पा लगायतले जाङ्ग्बू शेर्पालाई टानको झन्डा हस्तान्तरण गरेका थिए। उक्त झन्डा उनले सगरमाथाको शिखरमा फहराउने छन्। जाङ्ग्बु शेर्पाको टोली सगरमाथा आरोहणको लागि भोलि काठमाडौँ बाट प्रस्थान गर्दै छ। पर्यटन बजार बाट साभार

चर्चामा

सम्बन्धित समाचार