• होमपेज
  • राजनीति
  • माओवादी स्थायी कमिटी बैठक बस्दै, होला समर्थन फिर्ता ?

माओवादी स्थायी कमिटी बैठक बस्दै, होला समर्थन फिर्ता ?

  • बिहिबार, चैत्र १९, २०७७
माओवादी स्थायी कमिटी बैठक बस्दै, होला समर्थन फिर्ता ?

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि छलफल हुने बताए ।

श्रेष्ठले भने, ‘समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठक आज बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ । अहिले यत्ति भनौं ।’

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

काँग्रेस–जसपालगयतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार