शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाँउपालिकामा ई-पुस्तकालय संचालन

जगन्नाथ गाँउपालिकामा ई-पुस्तकालय संचालन

  • बुधबार, चैत्र १८, २०७७
जगन्नाथ गाँउपालिकामा ई-पुस्तकालय संचालन

बाजुरा — बाजुरा जिल्लाकाे जगन्नाथ गाँउपालिकामा मिति २०७७ चैत्र १७ गते बाट गाँउपालिकाको केन्द्र जुड्डीमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र साझा शिक्षा ई-पाटीको प्राविधिक सहयोगमा गाँउपालिकामा ई-पुस्तकालय जडान गरिएकोछ । साझा शिक्षा ई-पार्टीका तर्फ बाट शिशिर पाण्डे र बसन्त श्रेष्ठले कार्यपालिका बैठकमा पुस्तकालय संचालन र प्रयोगका बारेमा जानकारी गराउनुका साथै गाँउपालिका अध्यक्षलाई उक्त पुस्तकालयको समान हस्तान्तरण गरी संचालनमा ल्याइएकाे हाे ।
पुस्तकालयमा पुस्तक संग्रह ७ हजार ५ सय ६५,अडियो संग्रह २ हजार ८ सय १९,भिडियो संग्रह १ हजार ५ सय ११ र लेखक संग्रह ४ हजार ८७ रहेकाछन । पुस्तकालयमा पाठकको रुचि अनुसार साहित्य,बिषयगत सामाग्री,शिक्षण सामग्री,सन्दर्भ सामाग्री,शिक्षण सामाग्री र पत्रपत्रिकाहरु राखिएकाछन । उक्त ई-पुस्तकालय शिक्षाकेन्द्रित पुस्तकालय हो ।

No description available.

यसमा दस्तावेज, किताब, पत्रपत्रिका, अडियो, भिडियो लगायत साझा शिक्षा ई-पाटीद्वारा निर्मित राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तर्क्रियात्मक ई-पाठ क्रियाकलाप समेत समावेस गरिएका छन्। प्रयोगकर्ताहरूले ई-पुस्तकालयमा रहेका सामग्रीहरूलाई आन्तरिक-नेट (intra-net) अथवा ईन्टरनेटको माध्यमबाट खोलेर अध्ययन गर्न, भिडियो हेर्न र अडियो पुस्तकहरू सुन्न सकिने राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए ।

ई-पुस्तकालयमा नेपाली र अङ्ग्रेजी भाषाका सङ्ग्रहहरूका साथै नेपालभित्र बोलिने अन्य राष्ट्रिय भाषाका सामग्रीहरू समेत राखिएका छन् । पढन,अभ्यास गर्न,सुन्न र भिडियो हेर्न चाँहने पाठकले आफ्नो मोवाइल र कम्पुटरको जुनसुकै ब्राउजरमा 172.18.96.1 टाइप गरि खोल्न र पढन सकिने जगन्नाथ गाउँपालिकाका राेजगार संयाेजक जाेशीले बताएका छन । आगामी दिनमा पालिका भित्रका अन्य विद्यालयमा पनि उक्त पुस्ताकालयको बिस्तार गरिने योजना रहेको प्रमुख प्रशासकिय विनोद प्रशाद गैरेले बताए  ।

चर्चामा

सम्बन्धित समाचार