बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

  • बुधबार, चैत्र १८, २०७७
बंगलादेशविरूद्धको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डलाई

काठमाडौँ– पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ । नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।

वर्षाका कारण खेल अवरूद्ध भएपछि बंगलादेशलाई डीएल पद्धतिका आधारमा जितका लागि १६ ओभरमा १ सय ७१ रनको लक्ष्य दिइएकोमा उसले लक्ष्य भेट्टाउन सकेन ।

१६ ओभरमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । तर, वर्षाले खेल विथोलिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार