शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा महाकाली अस्पतालका कार्यालय सहयोगीसहित २ जना मृत भेटिए

कञ्चनपुरमा महाकाली अस्पतालका कार्यालय सहयोगीसहित २ जना मृत भेटिए

  • मङ्लबार, चैत्र १७, २०७७
कञ्चनपुरमा महाकाली अस्पतालका कार्यालय सहयोगीसहित २ जना मृत भेटिए

धनगढी–कञ्चनपुरमा २ जना मृत अवस्थामा फेला परेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यतर सार्की मंगलबार बिहान नदी नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

घटनास्थल कार्य समेत सार्कीको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। यस्तै कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेका छन्।

उनी मंगलबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार