बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ८ का बिर बहादुर थापाले सडक अबरुद्ध गरेको भन्दै नगरपालिकामा ध्यानाकर्षण

बडिमालिका नगरपालिका ८ का बिर बहादुर थापाले सडक अबरुद्ध गरेको भन्दै नगरपालिकामा ध्यानाकर्षण

  • शनिबार, चैत्र १४, २०७७
बडिमालिका नगरपालिका ८ का बिर बहादुर थापाले सडक अबरुद्ध गरेको भन्दै नगरपालिकामा ध्यानाकर्षण

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजार भित्र बिभिन्न ठाउँमा सडक निर्माणको क्रममा नयाँ बालमन्दिर चौडिल हुदै खुलामंच सम्मको सडकमा बडिमालिका नगरपालिका वडा न ८ निबासी बिर बहादुर थापाले पटक पटक अबरोध गर्नुका साथै अराजक गतिबिधि गरेकोले सहजीकरणका लागि निर्माण कम्पनीले बडिमालिका नगरपालिकामा ध्यानार्कषण पत्र बुझाएको छ ।
थोदुङग जागसति जेभी नामक कम्पनीले सो ठाउँमा काम गरिरहेको र बडिमालिका नगरपालिका वडा न ८ बस्ने अङ्गे थापाको छोरा बिर बहादुर थापाले पटक पटक काममा अबरोध श्रुजना गरि ठेकेदार र काम गर्ने मान्छेलाई अपशब्द प्रयोग गरी धम्काउने थर्काउने गाली गलौच गर्ने ज्यान मार्ने धम्की दिई पटक पटक असहज त्रासपुणर् वातावरण सिर्जना भएकोले उनलाई कार्बाही गर्न बडिमालिका नगरपालिकालाई आग्रह गरेको छ ।
अराजक गतिबिधि सिर्जना गर्नेलाई नियन्त्रण तथा सडक निर्माण कार्यको लागि सहजीकरण गरिदिन भनी ठेकेदार कम्पनीले बडिमालिका नगरपालिकामा निबेदन समेत दिएको कम्पनीका निमित्त प्रो प्राइटर टेक बहादुर बुढाले बताएका छन ।
चैत्र १३ गते नगरपालिकामा बुझाएको पत्रको बारेमा छलफल भईरहेको र थापाले नमानेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले त्यो बिषयमा चाडै निचोडमा ल्याने प्रत्यन्न भईरहेको जनाएको छ ।
यता निर्माण कम्पनीले बडिमालिका मन्दीर हुदै बडिमालिका बोडिङ्ग पुरानो होस्टेल सम्मको सडक निर्माण कार्य सफल भएको जनाएको छ । त्यसै गरी सोही कम्पनीले कार्की होटल हुदै खेलकुद गौडा डिल सम्मको सडक पनी अन्तीम चरणमा पुगेको जनाएको छ ।
भम्कदेखी थापाटोल प्राबिधीक कार्यालय हुदै राना होटलर सम्मको सडक र नया बालमन्दिर देखी चौडिल हुदै खुलामंच सम्मको सडक निर्माण कार्य सबै भन्दा पहिले सुरु भएको भए पनी बिर बहादुर थापाले गरेको अबरोधका कारण ढिला भएको कम्पनीले जनाएको छ ।
कम्पनीले काम गरिरहेको सो ठाउँमा थापाले गरेको अबरोधलाई लिएर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सघन सहरी तथा भवन डिभिजन कार्यालय, बडिमालिका नगरपालिा वडा न ८ को कार्यालयलाई समेत बोधार्थ गरी जिउधन, मेशिन उपकरण र काम गर्ने कामदारहरुको सुरक्षका लागि अनुरोध समेत गरेको जनाएको छ । सो कम्पन्ले सो ठाउँमा सहज रुपमा काम गर्न वातावरण बनाईदिन समेत सम्बन्धीत निकायहरुलाई जानकारी गराएको जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार