शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

  • शनिबार, चैत्र १४, २०७७
सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

जंगलमा सिकार खेल्न गएका एक जनाको गोली लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

जंगल विकट क्षेत्रमा हुँदा पैदल जानुपर्ने भएको घटनाको पूरा अनुसन्धान गर्न ढिला भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार