शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मेरो बिचारमा होली!

मेरो बिचारमा होली!

  • शनिबार, चैत्र १४, २०७७
मेरो बिचारमा होली!

म सानो छँदा फागुन(होरी) मैनै भरी खेलेको जस्तो लाग्छ।वंसंत त्रृतु सँग सँगै पहाडि भागमा सल्हाको बरुणि फुल्छ,लालि गुँराश फुल्छ।धेरैजसो बृक्षहरुको पुराना पातहरु झर्दै नयाँ पलाउँने तरखरमा हुँन्छ।यस्तो अबस्थामा फागुनमा गीत गाउँदै आनन्द लिने परमपरा सदियौँ पुरानो हो।

होलीको पर्वहरु अन्य पर्व भन्दा भिन्दै पर्वको रुपमा मानिन्छ।वास्तबमा यो पर्वलाई कैले दिखुन मनाउँन थालियो त्यो कुन उदेश्यले मनाउँन थालियो भन्ने बारे धेरै जसो किमदन्ति तर्कहरु भिन्दा-भिन्दै प्रकारका भेटिन्छन।खास गरेर यो आध्यात्मवादीहरुले मनाउँदै आएको भएपनि यस्को उत्तपति भारत बाटनै भएको पाईन्छ। पराय जसो भारत र नेपालमा मनाउँने पर्व हिन्दु हरुको पर्व भनिए ता पनि पुराना मुश्लिम राजा महाराजा हरुले मनाउँदै आएको ईतिहाशमा भेट्न सकिन्छ।पंचागनुसार फाल्गुण पुर्णिमा मनाईन्छ।

यो पार्चिनमा पुर्वि भारतमा मनाईन्थ्यो।भारतमा यो खास गरेर दुई दिन सम्म मनाईन्छ।पहिलो दिन होलीका जलाईन्छ,(जस्लाई होलिका दहन)पनि भनिन्छ।आर्को दिन धुलेण्डि,व धुरंड्डि,धुर खेल,वा धुलि बन्धन भन्निन्छ भारतिय राज्याहरुमा।नेपालमा फाग खेल्ने भन्निन्छ।एउटाले आर्कोलाई रंग लगाउँने परमपरा बोकेको होलीलाई मित्रताको रुपमा मनाउँने चलन छ।भनिन्छ पुरानो दुश्मनी लाई पनि बिर्शिएर आजको दिनमा एक आर्काको गला मिल्ने (अङ्गमाल गर्ने)गर्छन।त्यसप्रकारले हेर्दा नराम्रो पर्व होईन।पर्वहरु सबैले कुनैन कुनै ईतिहाश बोकेका र कुनैन कुनै उदेश्य बोकेकै हुन्छन।त्यस्तै प्रकारले होली पर्वले पनि बसंतको शंदेश बोकेकोछ।यो प्राचिन काल देखि मनाउँदै आएको पर्वहो।अहिले जँहा जहा भारतिय वा नेपालीहरु अस्थाई थाई बसोबास गरेकाछन त्यो मुलुकमा पनि उनिहरुले मनाउँदै आएकोले पनि होलिको बारेमा प्रचार हुँदै आएकोछ।
जैमनिको पुर्वि मिमान्सा जो लग भग४००/२००ईसा पुर्वको हो भन्निन्छ।त्यसै अनुसार होलीको प्रारमभिक शब्द रुप(होलाका)थियो।जैमनिको कथन छ की यसलाई सबै जसो आर्यहरु द्वौरा संबादित गर्नु पर्छ।होलाका सम्पुर्ण भारतमा प्रचलित२०क्रिडाहरुमा एक हो भन्निन्छ।वात्स्यान अनुसार लोग श्रृग (गाईको सिगँ)द्वारा एउटाले आर्कामा रङ फाल्ने चलन थियो।जो लिगं पुराणमा उल्लेक छ भनेर भन्निन्छ।
होलीको बारेमा रुढीवादी ग्रन्थ किमदन्ति हरुले भने अनुसार हिरण्यकश्यप प्राचिन भारतको एउटा राजा थियो।भन्निन्छ जो राक्षेश जस्तै थियो,उस्ले आफ्नो भाईको मृत्यु पछि त्यसको बद्ला लिनचाहान्थ्यो।जस्लाई भगवान बिष्णुले मारेका थिए,यसरी त्यो बिष्णुको पनि दुष्मन भयो।उस्ले आफुलाई शक्तिशाली बनाउँनको लागि बर्षौ प्राथना गय्रो।आखिरकार उस्लाई बर्दान मिल्यो अरे।तर यसबाट हिरण्यकश्यपले आफैलाई भगवान सम्झिन थाल्यो। उस्ले मानिशहरुलाई आफ्नो पुजा गराउ्न थाल्यो।एसको एउटा छोरा थियो जस्को नाम प्रहलाद थियो।

जो बिष्णुको परमभक्त थ्यो,प्रहलादले आफ्नो पिताको भनाई कहिलेई मानेन र बिष्णुको पुजा गरिराख्यो।छोराले आफ्नो पुजा नगर्दा त्यो रिसायो र आफ्नै छोरालाई मार्ने निर्णय गय्रो।उस्ले आफ्नो बैनी होलिका सँग भन्यो तिमि प्रहलादलाई काखमा लिएर आगामा बस किनकी होलिका लाई आगाको असर हुँदैन्थ्यो।उनिहरुको योजना प्रहलाद लाई मार्ने थियो।उस्ले त्यही गरी तर उन्को योजना सफल हुँन सकिन किनकी प्रहलाद सारा समय बिष्णुको नाम ल्याई राख्यो।त्यसैले त्यो बच्यो तर होलिका जलेर खरानी भई।होलीका को हार लाई बुराईको नष्ट मानिन्छ।त्यसपछि बिष्णुले हिरण्यश्यपलाई बथ गरे भनिन्छ।त्यसरी आध्यातम बादीहरुले होली लाई होलिकाको मृत्यु सँग जोडेर हेरेकाछन।भारतको केही राज्याहरुमा होलिको पूर्व शन्ध्यामा होलीकाको दोहन गर्ने चलनछ।
माथि को बिचार आध्यात्म बादीहरुको कथन हो जस्लाई ठ्याक्कै यहि हो भन्न सकिदैन मात्र होली प्राचिन कालदेखि मनाउँदै आएको पर्व भन्नेकुरा बुझिन्छ।वास्तबमा हामिले जुनसुकै पर्वको सम्मान गर्दै त्यसलाई प्रगतिशिल तर्फ मोड्ने प्रयात्न गर्दै आएकाछौँ।किन भने हामिहरुले गरिब र सर्वहाराको मुक्ति तमाम श्रमजीवी बर्गको हक हितको लागि समाजको परिवर्तनको लागि आबस्याकता नुसार समाजको बिकाशमा फाईद हुँने प्रकारका कार्यक्रमहरुको आयोजना गरेर सबै जसो तिहार हरु मनाउँदै आएकाछौँ
तरपनि प्रतेक मेला पर्वहरुको अध्यायन बाट हामिलाई ऐतिहाशिक ज्ञान मिल्छ।त्यहि होलीको बारेमा पनि सत्य हो।यस बारेमा कहिले र कस्ले यो पर्व सुरु गरेको हो भन्ने बारे ठ्याकै भन्न कठिन छ।

चर्चामा

सम्बन्धित समाचार