बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • कोराना खोप लगाएपछि हाैसिए १ सय १५ बर्षका गोइटे राेकाया

कोराना खोप लगाएपछि हाैसिए १ सय १५ बर्षका गोइटे राेकाया

  • शनिबार, चैत्र १४, २०७७
कोराना खोप लगाएपछि हाैसिए १ सय १५ बर्षका गोइटे राेकाया

बाजुरा–गौमुल गाउँपालिका ४ मनाकोटका १ सय १५ बर्षका गोइटे रोकायाले कोरोना खोप लगाएका छन् । उनले मनाकोट स्वास्थ्य चौकिमा खोप लगाएका थिए, उनले खोप लगाएपछि निकै खुशी भएका छन् ।
कोरोना रोग आए भन्थे खोप लगाउन पाउँदा निकै खुशि भएको छु, खोप लगाइसकेपछि आफुलाई कुनै असर समेत नभएको वताएका छन् । शुरुमा अरुलाइ मात्र खोप लगाउने भनेका थिए, खोप नपाएर मर्ने चिन्ता भएको थियो, अहिले सरकारले खोप उपलब्ध गराई खोप पाउँदा खुशी भएको वताए ।
पहिला पहिला गाउँघरमा कोरोनाले बुढापाकाहरुलाई बढि असर पर्छ भन्थे, अब खोप पाएपछि ढुक्क भएको वताए । मनोकाट स्वास्थ्य चौकिमा कार्यरत अनमि लक्ष्मि बोहोराले भनिन्, खोप लगाउन पुुगेका गोइटे खुशी भएर खोप लगाएका थिए, उनि निकै हौसिएर घर गएको वताईन् । गोइटेको उमेर १ सय १५ बर्ष हो तर नागरिकताको उमेर भने १ सय ५ बर्ष रहेको आफन्तले वताएका छन् । नागरिकता बनाउदा बिग्रेको हो, उमेर १ सय १५ बर्ष पुुगेको गोइटेले वताए ।
कोरोना खोप ५५ बर्ष उमेर भन्दा माथिकालाई लगाउन शुरु गरेपछि बाजुरामा ढुक्क भएर खोप लगाइरहेका छन् । गौमुल ४ सटेडाका ८६ बर्षिय धनसिंह रोकाया पनि खोप लगाउने घटमुना सामुदायिक स्वास्थ्य केन्द्रमा पुुगेर खोप लगाएका छन् । बयबृद्धलाई कोरोना खोप लगाउने जानकारी पाएपछि १ घण्टा लगाएर धनसिंह खोप केन्द्र पुुगेका छन् । उनले खुशी भएर खोप लगाएको अनमि मनिशा थापाले वताएकि छन् । खोप केन्द्रमा आउने सबै बयबृद्ध खुशी भएर खोप लगाउने गरेको थापाले वताईन् ।
बाजुरामा माघ १५ गते बाट कोरोना खोप लगाउन शुरु गरेको थियो । शुक्रवार साँझ सम्म १३ हजार ७ सय ४ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । पहिलो चरण स्वास्थ्यकर्मी, महिला स्वयसेबिका, शब ब्यबस्थापन तथा कोरोनको डिउटीमा खटिएका सुरक्षाकर्मीलाई माघ १५ देखी २४ गते सम्म खोप लगाईएको थियो । दोस्रो चरण कर्मचारी, जनप्रतिनिधि फागुन २ देखी ९ गते सम्म खोप अभियान चलेको थियो । तेस्रो चरणमा ५५ बर्ष भन्दा माथिका फागुन २३ देखी २९ गते सम्म बाजुराका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका सञ्चालन भएको थियो । बाजुराको तल्लो क्षेत्रका ५ स्थानिय तहमा ५५ बर्ष भन्दा माथिका लागि चैत १० देखी १४ गते सम्म सञ्चालन भइरहेको छ । ५५ बर्ष भन्दा माथिका बयबृद्ध खोप लगाउने अटेर गर्छनकि भन्ने थियो सहज रुपमा खुशी हुदै खोप केन्द्रमा पुुगेर खोप लगाइरहेको पन्तले वताए ।

चर्चामा

सम्बन्धित समाचार