शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गुड नेबरस ईन्टरनेशनले स्थापना दिवसको अबसरमा सेफ हाउसलाई सहयोग

गुड नेबरस ईन्टरनेशनले स्थापना दिवसको अबसरमा सेफ हाउसलाई सहयोग

  • शनिबार, चैत्र १४, २०७७
गुड नेबरस ईन्टरनेशनले स्थापना दिवसको अबसरमा सेफ हाउसलाई सहयोग

बाजुरा — बाजुरा जिल्लामा लामो समयदेखी बिभिन्न परियोजना संचालन गर्दै आएको गुड नेबरस ईन्टरनेशनल (जीएनआई) ले आफ्नो स्थापना दिवसको अबसरमा बिबिध साम्रगी दिएर सेफ हाउसलाई सहयोग गरेको छ । संस्थाको स्थापना दिवसको अबसर पारी महिलाहरुको लागी सुरक्षा आबास तथा सेभ हाउसलाई सहयोग गरेको हो ।
गुड नेबरस ईन्टरनेशनल (जीएनआई) एक अन्तर्राष्ट्रिय विकास र मानवीय संगठन हो जसले बाजुरामा बिगत लामो समय देखी शिक्षा सम्बन्धी परियोजना संचालन गर्दै आएको र हाल महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम गर्दै आएको गुड नेबरस ईन्टरनेशनल (जीएनआई) का परियोजना संयोजक देबेन्द्र शाहले बताएका छन । सामुदायिक विकास परियोजनाहरु मार्फत बिभिन्न काम गर्दै आएको गुड नेबरस ईन्टरनेशनल (जीएनआई) लें सामाजिक विकास गतिविधिहरु मानिसहरूलाई सशक्त पार्ने कुरामा ध्यान केन्द्रित गर्नुका साथै र विकासोन्मुख देशका मानिसहरुबाट हुने गरीबीको चक्रलाई तोड्न आर्थिक विकासमा विशेष जोड दिएको छ ।
गुड नेबरस ईन्टरनेशनल (जीएनआई) काे स्थापना दिवसको अबसरमा सेफ हाउसलाई नुहाउने साबुन ३० ओटा कपडा धुने साबुन ३० ओटा, खटिया १ थान, स्यानेटरी प्याड १ सय २० थान, नेलकटर ८ ओटा, पानी तताउने हटपट १ ओटा र २ बोरा मेघा चामल सहयोग गरेको गुड नेबरस ईन्टरनेशनल (जीएनआई) ले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा संचालन भएको साम्रगी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्यय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । गुड नेबरस ईन्टरनेशनल (जीएनआई) का परियो जना संयोजक देबेन्द्र शाहले संचालन गरेको कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल कबिता बिष्ट बिशिष्ठ अतिथिको रुपमा रहेका थिए । त्यसै गरी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदन जित महरा ससस्त्र प्रहरी नायव उपरिक्षक लगायत अतिथिको रुपमा रहेका थिए । उपलब्ध साम्रगी सेभ हाउसका प्रमुख सन्तोषी थापालाई हस्तान्तरण गरिएको छ ।
१९९१ मा स्थापना भएको गुड नेबरस ईन्टरनेशनल (जीएनआई) ले बाजुरामा ५ ओटा स्थानीय तहमा सामुदायीक बिकास परियोजना कार्यक्रमहरु संचालन गर्दै आएको छ । किशोरी हरुको स्वास्थ्य र अधिकार सम्बन्धी महिनाबारी स्वच्छन्दता कार्यक्रम पनी संचालनमा रहेको गुड नेबरस ईन्टरनेशनल (जीएनआई)ले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार