शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • युवा समाज परिर्वतनको ऐना हो उप–प्रमुख विष्ट

युवा समाज परिर्वतनको ऐना हो उप–प्रमुख विष्ट

  • शनिबार, चैत्र १४, २०७७
युवा समाज परिर्वतनको ऐना हो उप–प्रमुख विष्ट

रामबहादुर बि.क — जिल्लामा संचालन भईरहेको खप्तड मालिका युवा संञ्जालको प्रथम अधिवेशन तथा साधारण सभा कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाकी उप– प्रमुख कविता विष्टले युवा शक्ति नै देश परिर्वतनका साथै समाजको एैना भएको बताएकी छन । उक्त संञ्जालको प्रथम अधिवेशन तथा साधारण सभा कार्यक्रमकामा बोल्दै नगरउपप्रमखु विष्टले यस्तो बताएकी हुन।
अधिवेशेन कार्यक्रमका प्रमखु अथिती समेत रहेकी विष्टले जिल्लामा छाउपडी प्रथा लगाएतका कुरुती कुसस्कार समाजमा बढिरहेकाले उतm संजालले त्यसको प्रतिकार गरेर समाजको यर्थात अध्यन गरी समाजको ऐना बन्न सक्ने बताएकी हुन । देशको परिवेशलाई हेर्ने हो भने युवा शक्ति एउटा राष्ट्रको गहना भएको बताउदै विकास देखि देशको राजनितिक,आथिर्क,सामाजिक,सास्कृति, र धार्मिक परिवेशलाई नयां युगमा बदल्ने युवा शक्ती भएकाले ऐना जस्तै भएको उनले बताइन।
उहाँले सोही कार्यक्रममा फरक प्रसगमा बोल्दै सो संजालले राम्रो काम गरेको प्रशंशा गर्दै अगामी दिनहरुमा थप दृढताका साथ अगाडी बढ्नु पर्नेमा जोड दिएकी छन । आफ्नो व्यक्तीगत र नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने उहाँले प्रतिवद्धता समेत ब्यक्त गरेकी छन।
समाजमा भएका अन्धविश्वास,सामाजिक कुसस्कार जस्ता जातिय विभेदहरुलाई अन्य गरी समाज परिवर्तन गर्ने भनेकै युवाहरु भएको विष्टको भनाई रहेको छ । त्यस्तै सो अधिवेशनको कार्यक्रममा प्रमखु अथिती , विशिष्ट अथिती , अथिती लगाएतले सफलताको शुभकामना दिदै संजालको उतर उतर प्रगतिको कामना गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार