शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सदाबहार आऊ है होली

सदाबहार आऊ है होली

  • शुक्रबार, चैत्र १३, २०७७
सदाबहार आऊ है होली

हर ऋतु झैँ, हर मौसम झैँ
हरेक वर्षमा एक पटक
आउँदो रहेछ मौका पारेर
यस्सो कसैलाई रमाउन
कसैलाई धरधरी रुवाउन
कसैलाई सम्झाउन, भेटाउन
कसैलाई उत्सव मनाउन भनेर
यो दशैँ, तिहार, होली पर्व आदि आदि ।
ए रंगहोली तिमी फेरी आउँदै छौ
मलाई थाहा छ, हरेक वर्ष आइरहने छौ
सप्तरंगी रंगमा रमाउन त्यो पनि
क्षणिक बस केवल एक दिन
हो त्यही एक दिनपनि कसैको यादगार बनेर वित्छ
त्यसैले त,
तिमी जस्ता हरजार चाडपर्वलाई
कुरीरहेका हुन्छन् करोडौँ मान्छेहरुले
विदेशीएकालाई फर्किने आसले
छुटेकालाई जोडीने आसले
यस्तै तमामले नाता गाँसेको छ चाडपर्वसँग
यी चाडपर्वहरु समाजको यो देशको
संस्कृती झल्काउने, जगेर्ना गर्ने मात्र नभइ
लाग्छ धेरैका धेरै सम्भाव्यता बोकी आएको हुन्छ ।
ए होली तिमी पनि त यसै भित्रको एक पर्यौ ।
जव होलीकालाई त्रेता युगको समय
आगोले स्वाहा पार्यो र सत्यको विगुल फुक्यो
अनि,
खुसशीयालीमा जन्म भयो
तिम्रो जन्मको पनि इतिहासमा छ
त्यस्तै तिमी आए कै याम मलाई
सप्त रंगले होइन आठौँ रंगले रंगीन मन लाग्छ ।
किन कि म सत्यमा विश्वाश गर्छु
सधैँ भरी शान्ति चाहान्छु
स्वतन्त्रता चाहान्छु
यो दुनियाँ नै केवल आफ्नै
चाहामा लिन भएको र्हेन चाहान्छु
हो त्यसैले मिल्छ भने ए होली
तिमी सदाबहार आऊ है ?
आइराख, छाप्रो देखी महलमा
गरिब देखी धनीको तनमनमा
छाइरहु खुशीयाली बनेर ।
तिमीलाई हरेक रंगका रंगले
कुरीरहेका छन् स्वागत गर्न
थाक्ने छैनन् यी हात लोला
हिर्काउँदा, रंग उडाउँदा
तिम्रै महिमा गुणगान गाउँदा
थाक्ने छैनन् तमाम जिब्रोहरु

गल्ने छैनन् गोडाहरु उफ्रीएर नाच्दा
त्यसैले फेरी पनि भन्छु
सदाबहार आऊ है होली
ए ! होली
सदाबहार आऊ है !

चर्चामा

सम्बन्धित समाचार