शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो जमिन फिर्ता ल्याउन सकेन 

हाम्रो जमिन फिर्ता ल्याउन सकेन 

  • बिहिबार, चैत्र १२, २०७७
हाम्रो जमिन फिर्ता ल्याउन सकेन 

१९६२ काे भारत चिन युद्धले कालापानीमा भारतीय सेना निम्त्तायाे ,
देश चलाउने पुर्व राजा, काग्रेस “कम्युनिस्टहरु”नालायक भई आफ्नै हैकम जमायाे ।

२०४६ साल पन्चायतकाे बिघटन भई ” बहुदल ” आएको ,
भारतीय सेना कालापानी छाेड देशभक्त आवाज बुलन्द भएको ,
२०४८ साल राजाले संविधान निर्माण त गरे ,
तात्कालिक ” बाममाेर्चा ” काग्रेस राजाकाे पाउमा लम्पसार परे ।

२०५२ सालमा माओवादीहरु ” जनबाद ” ल्याउन जङ्गलमा पसे ,
राजा बिरेन्र्दसँग अघाेषित कार्यगत एकता गरेर फस्नु सम्म फसे।
२०५९ माघ १९ गते राजाले बहुदलीय अधिकार माथि “कु” गरे ,
तर सार्बभाैम अधिकार प्राप्तिकाे निमित्त जनताले
१९ दिन महान आन्दोलन चलाए ।

जनतन जनताले संविधान सभा निर्वाचनबाट २०७२ काे संविधान त पाए ,
गणतन्त्र देश आकाशमा संघियता ल्याएर आए,
संघियताकाे ” जाल ” भित्र
स्विजरयाल्ड, जापान, हङकङ देखाए ,
दक्षिणकाे दिल्ली दरबारलाई रुझाउनुसम्म रुझाए ।

दुई ढुङ्गा तरुल बिचकाे देश आज दिल्ली दरबार भारत बनाउन रुचाउँछ ,
अहिलेसम्म देखिएका सरकारकाे ब्यभारले यहीँ कुरा बुझाउछ ,
संघियता खारेज गरि प्रजातन्त्रलाई बिकेन्द्रिकरण गराै,
देशकाे सुरक्षा देखिदैन सम्पुर्ण देशभक्तहरु उठाै ।

हजारौं हजार हेक्टर जमिन कालापानी, लिपु र लिम्पियाधुरा कब्जा ,
रास्ट्रियता खलल पार्नेहरु लगाएका छन तक्मा ।
यसैले यहाँ
अब ढिलो हुने छैन,
आफ्नै कारण अवशर
गुमाएका प्रधान मन्त्री
खड्क प्रसाद शर्मा
ओलि भन्ने छन –
नयाँ नक्सा निकालेपछि भारतीहरुले षड्यन्त्र गरेर पार्टी फाेडे , दुई तिहाइकाे हाम्रो सरकार देख्न चाहेनन – सरकार ढल्याे त्यसैले कालापानी , लिपु , लिम्पियाधुरा र
हाम्रो खाेसिएकाे जमिन
फिर्ता ल्याउन सकेन ।

चर्चामा

सम्बन्धित समाचार