शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • घरझगडा साम्य पार्न लोग्नेस्वास्नीले आफैं लगाए ३ महिना हतकडी

घरझगडा साम्य पार्न लोग्नेस्वास्नीले आफैं लगाए ३ महिना हतकडी

  • मङ्लबार, चैत्र १०, २०७७
घरझगडा साम्य पार्न लोग्नेस्वास्नीले आफैं लगाए ३ महिना हतकडी

घरमा दिनदिनै हुने झगडालाई मथ्थर पारेर सम्बन्ध सुधार गर्नका लागि युक्रेनमा एक दम्पत्तिले अनौठो उपाय अपनाएका छन् । उक्त दम्पत्तिले ३ महिनाका लागि आफूले आफैंलाई हतकडी लगाएका छन् र त्यसपछिको अनुभवलाई नियमित रुपमा सोसल मिडियामा शेयर गरेका छन् ।

पेशाले अनलाइनमा कार बिक्री गर्ने ३३ वर्षका अलेक्जेन्डर कुडले र ब्युटिसियन २८ वर्षीया भिक्टोरिया पुस्तोभिटोभाले गत भ्यालेन्टाइन्स डे बाट उक्त प्रयोग सुरु गरेका हुन् । त्यसयता उनीहरुका इन्स्टाग्राममा हजारौँ फलोअर्स थपिइसकेका छन् ।

युक्रेनको पूर्वी सहर खार्किभस्थित आफ्नै निवासमा रोयसर्टसँग कुरा गर्दै कुडले भन्छन्ः दिन बित्दै जाँदा यसमा हामीलाई बानी पर्न थालेको छ र सजिलो हुँदै गएको छ ।

दिनहुँ झगडा हुने भएकाले पत्नीले डिभोर्स गर्न चाहेपछि उनलाई यस्तो आइडिया आएको रहेछ । उनी भन्छन्, ‘हामी हप्तामै एक दुईपटक झगडा गरिरहेका हुन्थ्यौँ । एक दिन झगडा हुँदा भिकाले डिभोर्स गरेको भए हुन्थ्यो भनेर भनिन् । त्यसपछि तिमीलाई मैले आफैंमा जोड्छु भन्ने जवाफ दिएँ ।’

सुरुमा पुस्टोभिटोभाले पतिको उक्त आइडिया अस्वीकार गरिन् । तर पछि उनी पतिको हातमा आफ्नो हात जोडेर हतकडी लगाउन तयार भइन् । यो रोचक अनुभुति हुने र त्यसले जिवनमा यसअघि कहिल्यैपनि अनुभुत गर्न नपाएको चम्किलो भावनात्मकता ल्याउने हुनाले आफुले त्यो प्रयोगलाई स्विकार गरेको उनी बताउँछिन् ।

अहिले उनीहरुले हातमा हतकडी लगाएको एक महिना पुगिसकेको छ । यसबीचमा उनीहरु एक अर्काबाट छुट्टिन पाएका छैनन् । सपिंग देखि ट्वाइलेट सम्म उनीहरु सँगै हुन्छन् । आफ्नो सहअस्तित्वका तस्वीरहरु अहिले उनीहरुले दिनहुँ इन्स्टाग्राममा पोष्ट गरिरहेका हुन्छन् । उनीहरु अहिले युक्रेनका सञ्चार माध्यमहरुमा पनि छाइरहेका छन् । टेलिभिजनहरुमा सँगै अन्तरवार्ता दिन जान्छन् ।

हुनत हतकडी लगाउँदा समेत उनीहरुबीचको झगडा पूर्ण रुपमा निर्मूल भैसकेको छैन । तर अहिले झगडा भएपछि झोला कसेर घरबाट एक्लाएक्लै निस्किने छुट उनीहरुलाई छैन । झगडा हुँदा उत्कर्षमा पुगेर पनि कुरा मिलेन भने एकमात्र विकल्प बोल्दै नबोल्नु हुन्छ । तर पनि सँगै त बस्नै पर्दछ ।

-एजेन्सी

चर्चामा

सम्बन्धित समाचार