शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका हाजिर हुन आएका कार्यकारीको एकै रातमा सरुवा

बडिमालिका नगरपालिका हाजिर हुन आएका कार्यकारीको एकै रातमा सरुवा

  • सोमवार, चैत्र ९, २०७७
बडिमालिका नगरपालिका हाजिर हुन आएका कार्यकारीको एकै रातमा सरुवा

बाजुरा — बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृत धुर्ब प्रसाद कोइरालाको रातारात सरुवा भएको छ । हिजो राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले बडिमालिका नगरपालिकामा हाजिर लगाउन नपाउदै सरुवा भएका छन ।

उनलाइ मन्त्रालयले पठाएको पत्र अनुसार बाजुराको त्रिबेणी नगरपालिकामा जान निणर्य सहित पत्रार गरीएको श्रोतले जनाएको छ । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाको हस्ताक्षेरीत पत्रमा २०७७ चैत्र ८ गतेको निणर्य अनुसार कोइरालालाई बाजुराको त्रिबेणी नगरपालिकामा खटाएको ब्यहोरा उल्लेख गरिएको छ ।

यता बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुलले भने यो कुनै राजनितीक रुपमा भएको सडेन्त्र हो भनेका छन । कार्यकारी नगरपालिकामा आएइसकेका छन यसमा कोही कसैले पठाउन सक्दैनन भनेका छन ।

चर्चामा

सम्बन्धित समाचार