आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • बडिमालिका
  • रुखको टोट्कामा लुकाएर राखेकाे बेवारिसे अबस्थामा भरुवा बन्दुक फेला

रुखको टोट्कामा लुकाएर राखेकाे बेवारिसे अबस्थामा भरुवा बन्दुक फेला

  • आइतवार, चैत्र ८, २०७७
रुखको टोट्कामा लुकाएर राखेकाे बेवारिसे अबस्थामा भरुवा बन्दुक फेला

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ८ को सामुदायीक बनको एक जंगलमा घरेलु भरुवा बन्दुक लुकाएर राखेका अबस्थामा फेला पारेको छ । बडिमालिका नगरपालिका वडा न ८ को मस्टेश्वरी सामुदायीक बन अन्तरगत पर्ने झाल्या भन्ने ठाउँमा एक रुखको टोट्कामा लुकाएर राखेको अबस्थामा फेला पारेको सामुदायीक बनका अध्यक्ष महेन्द्र रावलले बताए ।
जिल्ला बन डिभिजन कार्यालय बाजुरा र सामुदायीक बन उपभोक्ता समितिको सयुक्त अनुगमनको क्रममा रुखको टोट्कामा लुकाएर राखेको अबस्थामा घरेलु भरुवा बन्दुक १ थान फेला पारेको जिल्ला बन डिभिजन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख सहयक बन अधिकृत राजन कुवरले बताए ।
सामुदायीक बनको खुरीया बन फडानीका बिषयमा अनुगमनमा गएको सो टोलीले भरुवा बन्दुक पाए संगै सो बनको थप निग्रानी बढाएको बन डिभिजन कार्यालय बाजुराले जनाएको छ । रुखको टोट्कामा राखेको सो बन्दुक कसको भन्ने कुरा थाहा हुन नसक्दा आज जिल्ला प्रहरी कार्यालय बाजुरामा बुझाएको डिभीजन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख कुवरले बताएका छन ।
उनले भने त्यो बन्दुक जसको भए पनी केही दिनमै पत्ता लगाएर कानुनी दायरामा ल्याउने बताएका छन । सो अनुगमनमा जिल्ला बनडिभिजन कार्यालय बाजुराका ३ जना र दुई जना सामुदायीक बन उपभोक्ता समितिका पदाधिकारी अनुगमनमा गएको मस्टेस्वरी सामुदायीक बन उपभोक्ता समितिले जनाएको छ ।
त्यो सामुदायीक बनमा अत्याधिक रुपमा बन फडानी खुरीया खनेकोले र चोरी सिकारी बढेकोले तत्काल छोड्न निर्देशन दिएको जनाएको छ । खुरीया फडानी गर्नेहरुले आजको मितिले २१ दिन सम्म पनी नछोडेमा बन ऐन २०७६ बमोजिम कार्बाहीको पक्रिया अगाडी बढाउन जिल्ला बन डिभिजन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख कुँवरको भनाई रहेको छ । यस्ताे अबस्थामा जिल्ला भरका सबै ठाउँमा जिल्ला बन डिभिजन कार्यालयले निग्रानी बढाइ सकेकाे र त्यस्ताे कही कतै फेला पारेमा कानुनी दायरामा ल्याउने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार