शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • थापा र मर्हजनको पहलमा बाजुराका ३ जनाको आँखाको उपचार

थापा र मर्हजनको पहलमा बाजुराका ३ जनाको आँखाको उपचार

  • शनिबार, चैत्र ७, २०७७
थापा र मर्हजनको पहलमा बाजुराका ३ जनाको आँखाको उपचार

बाजुरा — बडिमालिका नगरपालिकामा कार्यरत तथा सामाजिक अभियन्ता श्यामभक्त थापा तथा फोटोग्राफर किशोर महर्जनको सहयोगमा ३ जनाको आँखाको उपचार गरिएको छ । थापा र महर्जनको पहलमा बडिमालिका नगरपालिका वडा नं ६ क्रोर्धको अ‍ैराडा टोलका भक्त बडुवालकी ३५ वर्षिया श्रीमती कैली बडुवाल, ११ वर्षिया छोरी पार्वती बडुवाल र ६ वर्षिया छोरी विनिता बडुवाल गरी ३ जनाको आँखाको उपचार गरिएको छ ।
जन्मिदै चिम्सा आँखा भएका ३ आमा छोरीको फोटो फोटोग्राफर किशोर महर्जनले खिचेर सामाजिक अभियन्ता श्यामभक्त थापाले आफ्नो सामाजिक संजालमा बाहिर ल्याएपछि आँखाको उपचार गरिएको अभियन्ता थापाले बताए ।
उनले वंशाणुगत गुणबाट आँखा चिम्सा भएर परिवार नै असहजतामा रहेको र उपचार गर्नका लागि भक्त बडुवालको आयस्रोत निम्न रहको कुरा सामाजिक संजालमा अभियन्ता थापाले बाहिर ल्याए पछि वान लभ वान वल्ड नामक संस्थाले ३ जना आमा छोरीलाई काठमाण्डौँमा २२ दिन खान बस्नको व्यवस्था मिलाएको थियो भने उपचारको लागि कमजोर आँखा भएका ३ आमाछोरीका श्रीमान भक्त बडुवालको नाममा बैंकमा खाता खोली विभिन्न देशबाट रकम संकलन भई तिलगंगा आँखा अस्पतालमा उपचार गरीएको बताइएको छ ।
वंशाणुगत गुणको कारण चिम्सा आँखा भई आँखा देख्न असहज भएका, समाजमा पनि नराम्रो दृष्टीकोणले हेर्ने गरिएका बडिमालिका नगरपालिका वडा नं ६ क्रोर्धका ३ आमाछोरी उपचार पछि अहिले सामान्य अवस्थामा आइसकेको अभियन्ता थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार